न्युयोर्कमा कोरोना संक्रमित ७६, कुन सिटी र काउन्टीमा कति ?


प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार

न्युयोर्क राज्यमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । आज न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले पत्रकार सम्मेलन गरेको यसको जानकारी दिएका हुन् ।

न्युयोर्कको वेस्टचेस्टर काउन्टीमा ५७ जनामा संक्रमण भएको छ भने न्युयोर्क सिटीमामात्र ११ जनामा संक्रमण भएको छ । त्यस्तै रकल्याण्ड काउन्टीमा २, नासु काउन्टीमा ४ र सारागोटा काउन्टीमा ४ जनामा संक्रमण भएको छ ।

न्युयोर्कमा कोरोना संक्रमितको संख्या ७६ पुगेपछि राज्य संकटकालको घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले राज्य संकटकालको घोषणा गरेका हुन् ।

संकटकालको घोषणा गरेपछि कोरोनाबिरुद्ध लड्न अझ धेरै जनशक्ति काममा लगाउन सकिने भएकाले संकटकाल घोषणा गरेको कुमोले जनाएका छन् । तनावमा रहेका स्थानीय स्वास्थ्य विभागलाई सहयोगका लागि संकटलिन अवस्थाको घोषणा गरेपछि राज्यलाई थप शक्ति मिलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाभर कोरोना संक्रमितको संख्या भने ३७७ पुगेको छ । वासिंटन राज्यमा अहिलेसम्म ९१मा संक्रमण भएको छ, जसमध्ये १४ को मृत्यु भइसकेको छ ।

त्यस्तै क्यालिफोर्नियामा ७९ मा संक्रमण भएको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ । त्यस्तै टेक्सासमा १९ जनामा संक्रमण भएको छ । नेब्रास्कामा १४ जनामा संक्रमण भएको छ ।

युटाहमा २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने मासाचुसेट्समा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । क्यालिफोर्निया, वासिंटन, टेक्सास, नेब्रास्का र युटाहमा चीनको युहानबाट र डायमण्ड क्रुजसिपबाट उद्दार गरेर ल्याइएकाहरुको समेत तथ्यांक समावेश छ ।

अहिलेसम्म अमेरिकामा १७ जनाको मृत्यु भइसकेको छ । जसमध्ये वासिंटनका १४, क्यालिफोर्नियाका १ र फ्लोरिडाका २ जना रहेका छन् ।

अमेरिकामा कम्तीमा १५ जनाको सफल उपचार भइसकेको छ । जसमा ६ जना क्यालिफोर्नियाका, नेब्रास्कामा ४, इलिनोयमा २, वासिंटनमा १ जना, एरिजोनामा एकजना र विसकन्सिनमा एकजना रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com