कोरोना : इटालीमा १ सय ९७ जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार

इटालीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा १ सय ९७ पुगेको छ । भाइरसको संक्रमण सुरु भएयता सङ्क्रमण हुनेको सङख्या एक दिनमै धेरै बढेपछि मृत्यु हुनेको सङ्ख्या १ सय ९७ पुगेको हो।

अधिकारीहरूका अनुसार गत २४ घण्टामा मात्रै ४९ को मृत्यु भएको छ । कुल सङक्रमण हुनेको सङ्ख्या अहिलेसम्म ४६ सयभन्दा बढी पुगेको छ । डिसेम्बरमा भाइरस पहिलोपटक देखिएयता चीनबाहिर सबभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या हुने देश इटाली बन्न पुगेको छ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट करिब १ लाख मानिस सङ्क्रमित भएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रो एड्हानोम गेहब्रेयससले भाइरसको सङ्क्रमण गहिरो चिन्ताको विषय भएको भन्दै यसको रोकथामलाई उच्च प्राथमिकतामा राख्न सबै देशहरूलाई अपिल गरेका छन्।

इटालीलाई अधिकारीहरुले शुक्रवार एक विज्ञप्तिमार्फत् दैनिक मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी पुगेको घोषणा गरेका छन् । उनीहरूले स्वास्थ्य अधिकारीहरूले मृत्युको यकिन कारण नभन्दासम्म मृत्यु हुनेको उक्त सङ्ख्या पुष्टि गर्न नसकिएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुनेको औसत आयु ८१ रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै अन्य स्वास्थ्य समस्या पनि रहेको जनाएको छ । मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष रहेको पनि जनाइएको छ । सरकारी तथ्याङ्क अनुसार कोरोनाभाइरस देखिएका ४ दशमलव २५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च दर हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com