चीनले कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान भइरहेको बताएको छ । चीनले आपतकालीन प्रयोगका लागि अर्को महिना केही खोप उपलब्ध हुन सक्ने बताएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईका अनुसार खोपका लागि भाइरसको पाँच ओटा पक्षलाई आधार बनाइएको बताउदै यसमा स्थिर रुपमा सुधार आइरहेको जनाएका छन् ।
अझै पनि भाइरसबाट सिक्ने क्रम जारी रहेको र अनुसन्धानको क्रममा थप कठिनाइ आउन सक्ने समेत उनले बताएका छन् । तर आगामी महिनाबाट केही खोप परीक्षणका लागि अनुमति दिइने केन्द्रीय सरकारी अधिकारी डिङ सियाङयाङले बताएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । उनी हुवेई प्रान्तमा कोरोना भाइरसको विषयमा अध्ययन गर्दै आएका सरकारी अधिकारी हुन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।