पुरै शहर क्वारेन्टाइनमा राख्ने निर्णय !


प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार

सात जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि इजरेल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय गरेको बिबिसीले जनाएको छ ।

शुक्रवार रातिदेखि न प्यालेस्टिनी न त इजरेलीहरू उक्त सहर छाड्न वा त्यहाँ आउन पाउनेछन्। यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागु हुनेछ।इजरेली रक्षामन्त्रीले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा त्यसलाई कार्यान्वयन गर्न इजरेली सेनालाई आदेश दिएका छन्।

यसअघि बेथ्लिहेमस्थित एउटा गिर्जाघर बन्द गरिएको थियो। प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले कोरोनाभाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि वेस्ट ब्याङ्कमा एक महिने सङ्कटकाल घोषणा गरेका छन्।

चीनको उहानबाट फैलिएको नौलो भाइरस कोरोनाका कारण विश्वका शक्तिशाली मुलुक समेत अहिले आक्रान्त बनेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय सतासी पुगेको छ भने संक्रमितको संख्या ९८ हजार ४ सय २९ पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना संक्रमणबाट चीनमा मात्रै मृत्यु हुनेको संख्या ३ हजार ४२ रहेको छ भने दक्षिण कोरियामा ४० जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा १४ इटालीमा १४८, इरानमा १०८ जनाको मृत्यु भएको छ ।
एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com