राष्ट्रपतिको आलोचना गरेपछि संसदमै कुटिए सांसद


प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार

राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसद संसदमै कुटिएका छन्। संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच झगडा भएको थियो ।

सांसद एन्जिन ओजकोकले राष्ट्रपति एर्दोगानको सिरियाको इडलिबमा गत साता मारिएका ३४ सैनिकको अपमान गरेको भन्दै बैठकै क्रममा कडा आलोचना गरेका थिए ।

ओजकोकले एर्दोगानलाई ‘बेइमान, अज्ञानी, नीच र विश्वासघाती’ भनेका थिए । उनले राष्ट्रपतिबारे बोलेपछि केही सांसदले ओजकोकमाथि मुड्की प्रहार गरेका थिए । केहीले झगडा रोक्न खोजिरहेका थिए, झगडाको क्रममा कतिपय सांसदहरु भुइँमै लडेका टर्कीको टेलिभिजन हाबरर्तुकले जनाएको छ ।

राष्ट्रपतिको आलोचना गर्ने ओजकोक रिपब्लिकन पिपल्स पार्टीका सांसद हुन्। उनले राष्ट्रपतिविरुद्ध लड्न टर्किस जनतालाई बालबालिका पठाउन आग्रहसमेत गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टर्कीले सन् २०१८ मा रसियासँग सम्झौतापछि त्यस क्षेत्रबाट सिरियाली फौज हटाउन खोजिरहेको छ र अहिलेसम्म त्यहाँ १२ वटा निगरानी चौकी स्थापना गरेको छ । प्रतिपक्षी दलले भने सिरियाली युद्धलाई लिएर सरकारको आलोचना गर्दै आइरहेको छ ।

यतिबेला टर्कीले सिरियामाथि आक्रमण गर्न सुरु गरेदेखि ५४ जना सैनिक मारिइसकेका छन् भने १० लाखभन्दा बढी मानिस इडलिब छोडेर टर्की पसेका छन्। बिहीबर रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र एर्दोगानबीच युद्धविराम गर्ने विषयमा वार्ता पनि हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com