सबैभन्दा धेरै कोरोना संक्रमित हुनेमा अमेरिका विश्वमै नवौं, ज्यान गुमाउनेमा पाँचौं


प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार

सबैभन्दा धेरैजनामा कोरोना संक्रमण हुनेमा अमेरिका टपटेनमा परेकोछ । अमेरिकामा २१३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने तीमध्ये १२ को मृत्यु भएको छ ।

चीनमा पहिलोपटक देखिएको कोरोनाका सबैभन्दा धेरै बिरामी पनि चीनमा नै छन् । चीनमा अहिलेसम्म ८० हजार ४ सय ३० मा कोरोना संक्रमण भएको छ ।

दोश्रोमा दक्षिण कोरियामा ६ हजार ८८ मा, तेश्रोमा इटलीमा ३ हजार ८ सय ५८ मा, चौथोमा इरानमा ३५१३ मा र पाँचौंमा जर्मनीमा ५४५ मा कोरोना संक्रमण पुष्टी भएको छ । छैठौंमा फ्रान्समा ४२३ मा, सातौंमा जापानमा ३६४ मा र आठौंमा स्पेनमा २८२ मा कोरोना संक्रमण पुष्टी भएको छ ।

नवौंमा अमेरिकामा २१३ मा र दशौंमा स्वीट्जरल्याण्डमा ११८ मा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा धेरै ज्यान गुमाउनेमा भने अमेरिका पाँचौं नम्बरमा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलोमा चीनमा ३०१३, दोश्रोमा इटलीमा १४८, तेश्रोमा इरानमा १०८, चौथोमा साउथ कोरियामा ४० र पाँचौमा अमेरिकामा १२ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वमा ३३५६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । २४ घण्टाको अन्तरालमा मात्र ७१ जनाको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै इटलीका ४१ जना छन् ।

यसैबीच कोरोना संक्रमणको जोखिममा रहेका न्युयोर्क प्रहरीका ४ जना अफिसर सहित २७७३ जना आइसोलेसनमा रहेका छन् । स्वास्थ्यविभागले यी सबैको अनुगमन गरिरहेको जनाएको छ ।

चीन, इटली, इरान र जापानबाट फर्केका न्युयोर्क प्रहरीका अफिसरहरु त्यहाँबाट फर्केदेखि नै आइसोलेसनमा रहेका छन् । उनीहरु अमेरिका फर्केदेखि नै आफू कार्यरत प्रहरी चौकीमा गएका छैनन् ।

न्युयोर्कको स्वास्थ्य विभागले चीन, इरान, इटली, दक्षिण कोरिया र जापानबाट फर्केकाहरुलाई १४ दिन अनिवार्य आइसोलेसनमा बस्न भनेको छ । आज दिउसो न्युयोर्कका मेयर बिल ब्लाजिओले पत्रकार सम्मेलन गरेर न्युयोर्क सिटीमा कोरोनाबिरुद्ध लड्न भइरहेका प्रयासबारे जानकारी दिएका हुन् ।

ब्लाजिओले न्युयोर्कबासीहरुलाई सामान्य सावधानी अपनाउन सचेत गराएका छन् । हात धुन, खोक्दा वा हाछ्यु गर्दा मुख छोपेर गर्न, बिरामी भएमा घरमै बस्न र लक्षणहरु देखिएमा डाक्टरलाई सम्पर्क गर्न उनले सचेत गराएका छन् ।

उनले न्युयोर्कबासीलाई चिन्तित होइन, सजग रहन आग्रह गरेका छन् । आफूहरुले न्युयोर्कबासीलाई सुरक्षित राख्न हरतरहले प्रयास गरिरहेको उनको भनाई छ ।

अहिलेसम्म न्युयोर्कमा २२ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । अमेरिकाका राज्यहरुमा संक्रमितको संख्या सबैभन्दा धेरै वासिंटन राज्यमा रहेको छ ।

वासिंटन राज्यमा ७४ जनामा संक्रमण पुष्टी भएको छ भने ती मध्ये ११ जनाको मृत्यु भइसकेको छ । क्यालिफोर्नियामा ६३ जनामा संक्रमण भएको छ भने तीमध्ये एकजनाको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com