कोरोना भाइरस: इटालीमा एक दिनमै २८ जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार

पछिल्लो समय कोरोना भाइरस अर्थात कोभिड–१९ सबैभन्दा तिब्र संक्रमण इटालीमा भएको छ । बुधबार मात्रै इटालीमा २८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

बुधबार इटालीमा चीनमा भन्दा पनि धेरै नयाँ संक्रमण देखा परेको छ । बुधबार इटालीमा ५ सय ८७ जनामा संक्रमण भएको पुष्टि भएको छ भने चीनमा बुधबार एक सय ६० जनामा मात्रै नयाँ संक्रमण देखा परेको छ ।

चीन पछि सबैभन्दा बढि मृत्यु हुनेमा पनि इटाली नै पर्छ । चीनमा अहिलेसम्म तीन हजार दुई जनाको ज्यान गएकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । इटालीमा एक सय साता जनाको ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य संगठनकाे अनुसार इटालीमा अहिलेसम्म ३ हजार ९८ जनामा संक्रमण देखा परेको छ । २ सय ९५ जना जटिल अवस्थामा छन् भने २ सय ७६ जना पूर्ण रुपमा निको भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काेराेनाकाे कारण विश्वभर तीन हजार दुई सय ८५ जनाले ज्यान गुमाइसकेका छन् भने ९५ हजारभन्दा ८ सय भन्दबढीमा सङ्क्रमण देखिएको छ ।

गत डिसेम्बरको अन्तिमतिर चीनको हुवानबाट फैलिएको यो भाइरस अहिले ८० भन्दा बढि मुलुकमा फैलिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com