न्युयोर्कमा कोरोना संक्रमितको संख्या ६, म्यानहटनमा काम गर्ने वकिलका परिवारै बिरामी


प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार

न्युयोर्कमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेका छ । गभर्नर एन्ड्रयु कुमोले कोरोना भाइरस संक्रमितहरु ६ जना पुगेको पुष्टी गरेका हुन् । सुरुमा एकजना महिला स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो, जसले इरानको भ्रमण गरेकी थिइन् । इरानको भ्रमण गरेका उनका पतिमा भने कोरोनाको संक्रमण देखिएको छैन ।

हिजोमात्र न्युयोर्कको म्यानहटनमा काम गर्ने एकजना वकिलमा कोरोना भाइरस संक्रमण पुष्टी गरिएको थियो । अब उनको पूरै परिवारमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । ती वकिलकी पत्नी, २० बर्षको छोरो र १४ बर्षकी छोरीमामात्र होइन, वकिललाई गाडीमा राखेर अस्पताल लैजाने छिमेकीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

ती वकिलले न्युयोर्कको म्यानहटनमा सानो ल फर्म संचालन गर्दै आएका थिए, जसमा उनकी पत्नीले पनि काम गर्दै आएकी थिइन् भने छोराले पनि पारालिगलका रुपमा काम गर्दै आएका थिए । ती व्यक्तिको न्युयोर्कको म्यानहटनमा रहेको प्रेस्बेटेरियन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको स्वास्थ्य विभागले जनाएको छ ।

कोरोना संक्रमित २० बर्षीय युवक अध्ययनरत युनिभर्सिटी

वेस्टचेस्टर निवासी ५० बर्षका ती वकिल फरबरी २७ मा सुरुमा वेस्टचेस्टरको लरेन्स अस्पतालमा उपचारका लागि गएका थिए । उनले लेवीस एण्ड गार्बज पीसी नामको ल फर्म संचालन गर्दै आएका छन् जुन वान ग्रयाण्ड सेन्ट्रल प्लेसमा रहदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको वेवसाइट अनुशार उक्त ल फर्ममा वकिल र पारालिगल गरी ७ जना आवद्ध रहेको देखिएको छ । उनकी छोरीले ब्रोंक्समा रहेको सार एकेडेमी एण्ड हाइ स्कुलमा अध्ययन गर्दै आएकी छिन् भने छोराले म्यानहटनको यसिभा युनिभर्सिटीमा अध्ययन गर्दै आएका छन् ।

अहिलेसम्म अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १३६ मा संक्रमण पुष्टी भएको छ । शियाटलमा ३१ जनामा संक्रमण भएकोमा ९ जनाको मृत्यु भएको हो ।

शियाटलपछि सबैभन्दा धेरै क्यालिफोर्नियामा ५२ जनामा संक्रमण पुष्टी भएको छ । टेक्सासमा ११ जना र ने्रबास्कामा १३ जनामा संक्रमण पुष्टी भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com