भारतीय प्रधानमन्त्री मोदीले नमनाउने भए ‘होली’


प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले होली नमनाउने भएका छन् । उनले होली सम्बन्धी कुनै पनि समारोहमा सहभागी नहुने निर्णय बुधबार ट्वीटमार्फत सार्वजनिक गरेका हुन् । मोदीले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण होली नमनाउने उल्लेख गरेका छन् ।

मोदीले ट्वीटरमा भनेका छन, ‘कोभिड –१९ बाट बच्न विशेषज्ञहरुले सामूहिक भेला नगर्न सुझाव दिएका छन्, यसकारण मैले कुनैपनि होली मिलन कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छु ।’ भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण २८ जनामा देखिएको छ । जसमा १६ जना विदेशी र १२ जना भारतीय नागरिक रहेका छन् ।

एक विद्यार्थीमा भाइरसको संक्रमण देखिएपछि नोएडाको एक विद्यालय नै बन्द गरिएको छ । प्रधानमन्त्री मोदीले मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उत्पन्न परिस्थितिको डटेर सामना गर्न र नआत्तिन भारतीय जनतालाई आग्रह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com