अमेरिकामा १२९ मा कोरोना संक्रमण, ९ जनाको मृत्यु (कुन राज्यमा कति ?)


प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार

अमेरिकामा संक्रमितको संख्या १२९ पुगेको छ, जसमध्ये मृतकको संख्या ९ पुगेको छ । ७ जनाको अवस्था गम्भिर रहेको छ ।

वासिंटन राज्यमामात्र ३१ जनामा संक्रमण पुष्टीभएको छ भने तीमध्ये ९ को मृत्यु भएको हो । क्यालिफोर्नियामा ४९ जनामा संक्रमण पुष्टी भएको छ ।

त्यस्तै ओरेगनमा ३ जनामा, एरिजोनामा २ जनामा र युटाहमा एकजनामा संक्रमण पुष्टी भएको छ । नेब्रास्कामा १३ जनामा र टेक्सासमा ११ जनामा संक्रमण पुष्टी भएको छ ।

विसकन्सिनमा एकजनामा र इलिनोयमा ३ जनामा संक्रमण पुष्टी भएको छ । न्युयोर्कमा २, न्यु ह्याम्पशायरमा २, मासाचुसेट्समा २ र रोढ आइल्याण्डमा २ जनामा संक्रमण पुष्टी भएको छ ।

त्यस्तै नर्थ क्यारोलिनामा १, जर्जियामा २ र फ्लोरिडामा ३ जनामा संक्रमण पुष्टी भएको छ । अहिलेसम्म कम्तीमा ९ जनाको सफल उपचार भइसकेको छ ।

यसैबीच २४ घण्टामा चीनमा ११९ नयाँ संक्रमणहरु पुष्टी भएका छन् । तर यही अवधिमा साउथ कोरियामा भने १४२ जनामा संक्रमण पुष्टी भएको छ ।

साउथ कोरियामा अहिलेसम्म ५ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ३२ जनाको मृत्यु भएको छ । बिरामीहरुमध्ये २७ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।

यद्यपी चीनमा २४ घण्टाको अवधिमा थप ३८ जनाको मृत्यु भएको छ । चीनमा मृतकको संख्या २९८१ पुगेको छ भने विश्वभर मृतकको संख्या ३२०२ पुगेको छ ।

साउथ कोरियापछि सबैभन्दा धेरै इटलीमा संक्रमित भएका छन् । इटलीमा २५०२ मा संक्रमण भएको छ भने ७९ जनाको मृत्यु भएको छ । इरानमा २३३६ मा संक्रमण भएको छ भने ७७ जनाको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com