नेपालबाट फर्केर स्पेन गएका एकजनाको कोरोना संक्रमणबाट मृत्यु


प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार

स्पेनमा गत फरबरी १३ मा मृत्यु भएका व्यक्तिको मृत्युको कारण कोराना संक्रमण भएको खुलासा भएको छ । डेलीमेलमा प्रकाशित समाचार अनुशार उनले स्पेन फर्कनुअगाडि नेपालको भ्रमण गरेका थिए ।

भ्यालेन्सियाका स्वास्थ्य अधिकारीहरुले ती व्यक्तिको मृत्यु कोरोना भाइरस संक्रमणबाट भएको पुष्टी गरेका छन् । नेपाल भ्रमणगरेर फर्केपछि ती व्यक्ति बिरामी भएर अस्पतालमा भर्ना भएका थिए ।

अहिलेसम्म ती व्यक्तिको मृत्यु के कारणले भएको थियो भन्नेबारे खुलाइएको थिएन । यो नै कोरोना संक्रमणबाट स्पेनमा भएको पहिलो मृत्यु भएको जनाइएको छ । स्पेनमा कोरोना संक्रमणबाट एकजनाबाहेक अरुको मृत्यु भएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा अहिलेसम्म एकजनामामात्र कोरोना संक्रमण भएको र उनको पनि उपचार भइसकेको बताइएको छ । तर नेपालबाट स्पेन फर्केका यी व्यक्तिमा कोरोना संक्रमण देखिनुले नेपालमा कोरोना संक्रमितहरु बजारमा खुलेआम हिडिरहेको हुनसक्ने आशंका बढेको छ ।

अहिलेसम्म स्पेनमा १६५ जनामा संक्रमण देखिएको छ । जसमध्ये ४६ जना म्याड्रिडमा रहेका छन् । ७ जना बिरामीको अवस्था गम्भिर रहेकाले आईसीयुमा राखिएको छ ।

कोरोनाबाट स्पेनमा मृत्यु हुने व्यक्ति नेपालमा कतिदिन भ्रमण गरे र कहाँ कहाँ गए भन्नेबारे केही खुलाइएको छैन । तर उनलाई नेपालमा नै कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com