न्युयोर्कको म्यानहटनको ल फर्ममा काम गर्ने व्यक्तिमा कोरोना संक्रमण पुष्टी, अवस्था गम्भिर


प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार

न्युयोर्कमा दोश्रो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । उक्त व्यक्ति न्युयोर्क राज्यका निवासी भएको र न्युयोर्क सिटीमा काम गर्ने जनाइएको छ ।

ती व्यक्तिको न्युयोर्कको म्यानहटनमा रहेको प्रेस्बेटेरियन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको स्वास्थ्य विभागले जनाएको छ ।

ती व्यक्ति वेस्टचेस्टर निवासी ५० बर्षभन्दा माथिका व्यक्ति भएको जनाइएको छ । उनले म्यानहटनमा एउटा ल फर्ममा काम गर्दै आएका थिए ।

ति व्यक्ति फरबरी २७ मा सुरुमा वेस्टचेस्टरको लरेन्स अस्पतालमा उपचारका लागि गएका थिए । उनी लेवीस एण्ड गार्बज पीसी नामको ल फर्ममा काम गर्दै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिरामीका दुईजना छोराछोरीहरु रहेका छन् । छोरीले ब्रोंक्समा रहेको सार एकेडेमी एण्ड हाइ स्कुलमा अध्ययन गर्दै आएकी छिन् । प्रशासनले उक्त स्कुल बन्द गरिसकेको छ ।

बिरामीका छोराले म्यानहटनको यसिभा युनिभर्सिटीमा अध्ययन गर्दै आइका छन् । स्वास्थ्य विभागले तीनवटै लोकेशनका सन्र्दभमा निर्देशिका जारी गरेको छ ।

यस अगाडि न्युयोर्कमा ३० बर्ष कटेकी एक महिलामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको थियो । उनलाई घरमै आइसोलेसनमा राखिएको थियो ।

अहिलेसम्म अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । उपचार गराइरहेकाहरुमध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com