कोरोना : इरान गएका विदेशी नागरिकलाई अमेरिकामा प्रतिबन्ध, साउथ कोरिया र इटली नजान चेतावनी


प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार

अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ जाँच प्रकृया अपनाइने भएको छ । अब चीन लगायत जोखिमपूर्ण देशहरुमा जानेहरुको पनि अमेरिकाबाट प्रस्थान अगाडि जाँच गरिने भएको छ । ती देशहरुबाट अमेरिका आउनासाथ जाँच गरिनेछ ।

यसअगाडि चीनबाट आउने र विगत १४ दिनमा चीनको भ्रमण गरेकाहरुको जाँच गरिएपनि अब चीन र इरानसहित साउथ कोरिया र इटलीबाट आउने र विगत १४ दिनमा ती देशको भ्रमण गरेकाहरुको पनि जाँच गरिनेछ । अब साउथ कोरिया, चीन र आवश्यक परे अन्य युरोपियन देशमा जानेहरुको पनि जाँच गर्ने तयारी भइरहेको अमेरिकी उपराष्ट्रपतिका प्रवक्ताले जनाएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानको भ्रमण गरेका विदेशी नागरिकलाई पनि अमेरिकामा यात्रा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले आफ्ना नागरिकलाई इटली र साउथ कोरियाको भ्रमण नगर्न चेतावनी दिएको छ । मेक्सिकोसँगको सिमाक्षेत्रमा पनि नयाँ प्रतिबन्ध लगाउने योजनामा अमेरिकी अधिकारीहरु रहेका छन् ।

अमेरिकाको वासिंटन राज्यमा कोरोनाको संक्रमणबाट एकजनाको मृत्यु भएपछि थाइल्याण्ड र अष्ट्रेलियामा पनि कोरोना संक्रमणबाट पहिलो मृत्युका खबर आएका छन् । अमेरिकाको वासिंटनमा शनिबार कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएपछि त्यहाँ राज्य संकटकाल घोषणा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थाइल्याण्डमा कोरोना संक्रमणबाट पहिलो मृत्युको खबर आएको छ । थाइल्याण्डमा ज्यान गुमाउने व्यक्ति ३५ बर्षका रहेको जनाइएको छ । थाइल्याण्डमा आहिलेसम्म ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

अष्ट्रेलियामा पनि कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको छ । जापानको क्रुजसिपबाट उद्दार गरिएका ७८ बर्षका व्यक्तिको मृत्यु भएको जनाइएको छ । अष्ट्रेलियामा अहिलेसम्म २७ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । भाइरस संक्रमणका १२ नयाँ केसहरु पुष्टी भएपछि संक्रमितको संख्या ३५ पुगेको हो ।

इटलीमा अहिलेसम्म कोरोनाबाट २९ जनाको मृत्यु भएको छ भने इरानमा मृतकको संख्या ५४ पुगेको छ । इटलीमा संक्रमितको संख्या ११२८ र इरानमा ९७८ पुगेको छ । दक्षिण कोरियामा २१ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा संक्रमितको संख्या ३७३६ पुगेको छ ।

अहिलेसम्म विश्भर ८७ हजार ७ सय १ मा कोरोना संक्रमण पुष्टी भएको छ भने मृतकको संख्या २९९५ पुगेको छ । संक्रमित ४२ हजार ६ सय ८७ को सफल उपचार गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com