कोरोना भाइरसबाट अमेरिकामा पहिलो मृत्यु, ६८ जनामा संक्रमण


प्रकाशित मिति : फाल्गुन १७, २०७६ शनिबार

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पनि एकजनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट यो नै पहिलो मृत्यु हो ।

अमेरिकाको वासिंटन राज्य (वासिंटन डिसी होइन) मा एकजनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । जसमध्ये ९ जनाको सफल उपचार भइसकेको छ ।

शुक्रबार अमेरिकाको वासिंटन राज्यका साथमा ओरेगन र क्यालिफोर्नियामा पनि कोरोना संक्रमणका थप केसहरु पुष्टी भएका थिए । अमेरिकामा कम्तीमा ४ जना संक्रमितहरुको कुनै यात्रा इतिहास नरहेको र संक्रमितसँग सम्पर्कमा रहेको समेत नपाइएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेम्म विश्वभर ८६ हजार भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टी भइसकेको छ भने २९४२ जनाको मृत्यु भइसकेको छ । चीनमामात्र अहिलेसम्म २८३५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट दक्षिण कोरियामा १७, इटलीमा २९ र इरानमा ४३ जनाको मृत्यु भइसकेको छ । दक्षिण कोरियामा संक्रमितको संख्या ३१५० नाघेको छ । इरानमा ५९३ जनामा संक्रमण भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com