३६ हजार निको भएर घर फर्किए


प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार

चीनमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका ३६ हजार बिरामी निको भएर घर फर्किएका छन् । चिनियाँ स्वास्थ्य आयाेगले दिएको जानकारी अनुसार ३६ हजार १ सय १७ बिरामी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

बिहीबारमात्रै ३ हजार ६ सय २२ जना अस्पतालबाट डिस्चार्ज भएको आयोगले जानकारी दिएको छ । बिहीबारसम्म ८३ हजार ३६९ जनामा संक्रमण देखिएको छ भने अहिलेसम्म २ हजार ८ सय ५८ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो समय चीनमा नयाँ संक्रमितको दर विस्तारै कम भइरहेको छ भने मध्यपूर्व, युरोप, अमेरिका तथा एशियाका अन्य देशमा संक्रमण फैलिइरहेको छ । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com