सिरियाले गरेको हवाई आक्रमणमा कम्तीमा २९ टर्कीस सैनिक मारिएका छन् । टर्कीको हातय प्रान्तका गभर्नर रहमी डोगनले हवाई आक्रमणमा सिरियाको शहर इदलिबमा कयौँ व्यक्ति घाइते भएको बताएका छन् । केही रिपोर्टका अनुसार हवाई आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या २९ भन्दा बढी छ ।
टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले उच्चस्तरीय सुरक्षा बैठक बोलाएका थिए, त्यसपछि टर्कीले सिरियाली आक्रमणको उत्तर दिएको बताइएको छ । इदलिब अहिले विद्रोहीहरुको नियन्त्रणमा छ र रुसको समर्थन पाएको सिरियाली सेना इदलिबलाई विद्रोहीहरुको नियन्त्रणबाट छुटाउन चाहन्छ । विद्रोहीहरुले पनि टर्की सेनाको समर्थन प्राप्त गरेको बताइएको छ ।
गएको वर्षको डिसेम्बरदेखि इदलिबमा युद्ध चलिरहेको छ, जसका कारण लाखौँ सङ्ख्यामा मानिसहरु पलायन भइरहेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।