बुटाजज : डेढलाख भन्दा कम आम्दानी हुनेलाई कलेज निशुल्क, नेपाली, भुटानी र बर्मेली मुलका प्राथमिकतामा


प्रकाशित मिति : फाल्गुन १५, २०७६ बिहीबार

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरी उम्मेदवार पिट बुटाजजले एसियन अमेरिकन र प्यासेफिक आइल्याण्डरहरुका लागि बृहत योजना सार्वजनिक गरेका छन् । उक्त बृहत योजनामा एसियन अमेरिकन र प्यासेफिक आइल्याण्डरहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयहरु समेटिएको छ ।

उक्त योजनामा नेपाली, भुटानी र बर्मेली विद्यार्थीहरुलाई शिक्षामा धेरैभन्दा धेरै साधनश्रोत उपलब्ध गराउने विषय समेटिएको छ । उनीहरुको अमेरिकामा पढाई छाड्ने दर उच्च रहेकाले उनीहरुलाई प्राथमिकता दिने योजना बुटाजजले बनाएका छन् ।

एसियन अमेरिकन र प्यासेफिक आइल्याण्डरहरुले दुब्र्यबहारको सामना गर्नुपरेको र उनीहरुको जातीको आधारमा उनीहरुमाथि दुब्र्यबहार हुने गरेकाले त्यसलाई रोक्न समेत बुटाजजले योजना अगाडि सारेका छन् । ४३ प्रतिशतभन्दा धेरै एसियन अमेरिकन र प्यासेफिक आइल्याण्डर विद्यार्थी रहेका शैक्षिक संस्थालाई थप फण्ड उपलब्ध गराउने समेत उनको घोषणा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माइनोरिटी समुहलाई सेवा प्रदान गर्ने इन्स्टिच्युटका लागि ५० बिलियन डलर लगानी गर्ने बुटाजजको योजना रहेको छ ।साथै डेढलाख डलरभन्दा कम आम्दानी हुने परिवारका सदस्यका लागि कलेज निशुल्क गर्ने वा अनुदान प्रदान गर्ने बुटाजजको योजना छ ।

अमेरिकाबाट देशनिकालाको सामना गर्ने दक्षिणपूर्वी एसियाका व्यक्तिलाई देशनिकाला हुनबाट रोक्न विशेष कार्यक्रम ल्याउन समेत उनले घोषणा गरेका छन् । उनले अध्यागमन अदालती प्रणालीमा सुधार ल्याउने समेत योजना बनाएका छन् ।

बुटाजजले सामुदायिक भिसा नविकरण कार्यक्रम समेत ल्याउने घोषणा गरेका छन् । साथै रोजगारमा आधारित अमेरिकी भिसा प्रणालीमा पनि आधुनिकीकरण गर्ने योजना बनाएका छन् । यो भिसा कार्यक्रमले आप्रवासीहरूलाई ती शहरहरूमा पुनर्वास गर्न प्रोत्साहित गर्नेछ जुन शहरले विगत दशकहरूमा कामगर्ने उमेरको जनसंख्या गुमाएका छन्।

ती शहरहरूमा पुनर्वास हुनेहरुका लागि ग्रिनकार्डका लागि तीब्र प्रकृया अपानाउने बुटाजजको योजनामा समेटिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com