कोरोनाको संक्रमणबाट बच्न सर्जिकल मास्क लगाउनु अर्थहिन


प्रकाशित मिति : फाल्गुन १५, २०७६ बिहीबार

कोरोनाको संक्रमणबाट बच्न मास्क लगाउनुपर्ने वा नपर्ने विषयमा अन्यौल श्रृजना भएको छ । यद्यपी कोरोना संक्रमणबाट बच्ने अपेक्षाका साथ मान्छेहरु मास्क लगाइरहेका छन् ।

धेरैले नबुझेरै मास्कको प्रयोग गर्दा विश्वका कैयन स्थानमा मास्कको अभाव हुन थालेको छ । तर अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले अमेरिकनहरुलाई सर्वाजनिक स्थलमा सर्जिकल मास्क लगाउन सिफारिस गरेको छैन ।

सर्जकल मास्कले केवल स्वासप्रस्वासबाट हुने संक्रमणबाट रोक्नसक्ने भएपनि हवायुक्त संक्रमणलाई रोक्न नसक्ने भएकाले कोरोनाबाट बच्न सर्जिकल मास्कको प्रयोग प्रभावहिन भएको केन्द्रले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि आफू बिरामी छैन र बिरामीसँग निकट जानुपर्ने अवस्था छैन भने मास्कको प्रयोग आवश्यक नभएको न्युयोर्क टाइम्समा प्रकाशित लेखमा समेत जनाइएको छ । बिरामी व्यक्तिका लागिमात्र मास्कको आवश्यकता पर्ने र मास्कका प्रकार पनि अलग अलग हुने भएकाले कुन मास्क प्रयोग गर्ने भन्ने सन्दर्भमा सचेत हुनुपर्ने जनाइएको छ ।

मास्कका प्रकारबारे अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पनि आफ्नो वेवसाइटमा स्पष्ट पारेको छ । दुईप्रकारका मास्कको फरकबारे जान्न यहाँ क्लिक गर्नुहोला ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म विश्वभर २८ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । संक्रमितको संख्या पनि ८२ हजार नाघेको छ । दक्षिण कोरियामामात्र कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com