दक्षिण कोरियामा झण्डै १६ सयमा कोरोना संक्रमण, १२ को मृत्यु, आफ्ना नागरिकलाई यात्रा नगर्न अमेरिकाको चेतावनी


प्रकाशित मिति : फाल्गुन १४, २०७६ बुधबार

Korean Air employees are seen at Los Angeles International Airport (LAX) wearing masks, to prevent the coronavirus infection,COVID-19 on February 12, 2020. – The UN health agency on Wednesday cautioned it was “way too early” to say whether COVID-19 might have peaked or when it might end, following a drop in the number of new cases. (Photo by Daniel SLIM / AFP) (Photo by DANIEL SLIM/AFP via Getty Images)

दक्षिण कोरियामा झण्डै १६ सयमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अहिलेसम्म त्यहाँ कोरोनाको संक्रमणबाट १२ जनाको को मृत्यु भइसकेको छ ।

यसैबीच अमेरिकाले ट्राभल एड्भाइजरी प्रकाशित गर्दै आफ्ना नागरिकहरुलाई सकभर दक्षिण कोरियाको यात्रा नगर्न चेतावनी दिएको छ । ट्राभल एड्भाइजरी दोश्रोबाट तेश्रो लेभलमा बढाइएको हो ।

दक्षिण कोरिया जाने योजनामा रहेका अमेरिकनलाई पुनविचार गर्न सुझाव दिइएको छ । साथै अत्यन्तै आवश्यक बाहेक अन्य प्रयोजनका लागि यात्रा नगर्न सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि कोरोना भाइरस संक्रमणको आशंका भएमा यात्रामा ढिलो हुनसक्ने, परीक्षणमा पर्न सकिने र असाध्यै महँगो उपचार खर्च लाग्ने समेत चेतावनी दिइएको छ । दक्षिण कोरिया जानेहरुलाई हात नधोई आँखा, नाक र मुख नछुन, सावुन पानीले कम्तीमा २० सेकेण्ड हात धुन, अक्कोहोलयुक्त ह्याण्ड स्यानिटाइजर प्रयोग गर्न सुझाव दिइएको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट २८ सय भन्दा धेरैको मृत्यु भएको छ । विश्वभर ८१ हजार ७ सयमा संक्रमण पुष्टी भएको छ ।

कोरोनाको संक्रमणकै कारण अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास पनि स्थगित गरिएको छ । कोरोनाको संक्रमणबाट इरानमा अहिलेसम्म १९ को मृत्यु भएको छ भने जापानमा ७ जनाको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com