अमेरिकी वैज्ञानिकको दाबी कोरोना भाइरसविरुद्धको खोप पत्ता लाग्यो

अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ ।

सम्भावित खोपको पहिलो परीक्षण आउँदो अप्रिल महिनामा सुरु हुन सक्ने तर परीक्षण र अनुमोदनको प्रक्रिया कम्तीमा एक वर्षसम्म रहने पनि कम्पनीले जनाएको छ ।

यसैबीच कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ६४ पुगेको छ । चीनमा मात्र पछिल्लो २४ घण्टामा थप ५२ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय १५ पुगेको छ ।

चीनबाहिर कम्तीमा ४९ जनाले ज्यान गुमाएका छन् । इटलीमा ११ जना तथा दक्षिण कोरियामा १० जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या झण्डै ८१ हजार पुगेको छ ।

Loading...

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com