अमेरिका र भारतबीच तीन अर्बको रक्षा सम्झौता


प्रकाशित मिति : फाल्गुन १३, २०७६ मंगलबार

अमेरिका र भारतबीच तीन अर्ब डलरको रक्षा सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा यो सम्झौता भएको हो । दुई देशबीच भएको द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी दुबै नेता आफ्ना नागरिकलाई कट्टर इस्लामी आतंकबाट बचाउन प्रतिवद्ध छौं र अमेरिकाले यसलाई अझ मजबुत बनाउने काम गरिरहेको छ ।’

उनले अघि भने, ‘पाकिस्तानसँग पनि कुराकानी भइरहेको छ, ताकि उसको जमिनमा जुन आतंकवाद हुर्किरहेको छ, तयसलाई पनि अन्त्य गर्न हामीले काम गरौं ।’ द्वीपक्षीय व्यापारको वृद्धिदर दोहोरो अंकमा पुगेको भन्दै ट्रम्प र मोदी दुबैले खुसी व्यक्त गरेका छन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत भ्रमण गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच मङ्गलबार हैदराबाद हाउसमा भेटवार्तापछि दुई नेताले संयुक्त वक्तव्य पनि जारी गरेका छन् । भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच ३ वर्षमा व्यापार दोहोरो अङ्कमा वृद्धि भएको भारतीय प्रधानमन्त्री मोदीले जिकिर गरेका छन् । मोदीले द्विपक्षीय व्यापारको बारेमा दुई पक्षबीच सकारात्मक वार्ता भएको बताउँदै ठूलो व्यापार सम्झौतामा पनि सहमत भएको समेत बताए । दुई देश कनेक्टिभिटी इन्फ्रास्ट्रक्चरको विकासमा पनि सहमत भएको प्रधानमन्त्री मोदीले जानकारी दिए ।

उता, राष्ट्रपति ट्रम्पले मोदीसँगको वार्तामा २१ दशमलव ५ करोड भारु बराबरको रक्षा सम्झौतालाई मन्जुरी दिइएको बताए ।
मोदी र ट्रम्पबीच प्रतिनिधिमन्डल स्तरमा भएको छलफलमा भारत–अमेरिकाबीच भएका ६ सम्झौतामध्ये रक्षा सम्झौता सबैभन्दा महत्वपूर्ण रहेको छ । अमेरिकासँग सी–हक हेलिकप्टर किन्ने चर्चा लामो समयदेखि चलिरहेको थियो । २१ हजार करोडको रक्षा सम्झौतामा १८ हजार ६२६ करोड रुपैयाँ खर्च हेलिकोप्टर खरिद हुनसक्छ । भारतको नौसेनालाई यो हेलिकप्टर चाहिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो हेलिकप्टरले हर मौसममा दुश्मनमाथि हमला गर्न सक्षम छ भने पनडुब्बीमाथि पनि निशाना बनाउन सक्छ । यसको अलावा भारतले अमेरिकासँग ८०० मिलियन डलरको ६ वटा एएच–६४ ई अपाचे हेलिकप्टर पनि खरिद गर्न सक्नेछ । यसको साथै अमेरिकाले भारतलाई मिसाइल डिफेन्स शिल्ड पनि बेच्ने प्रयास गरिरहेको छ ।
भारतले रुससँग एस ४०० मिसाइल डिफेन्स सिस्टम किन्ने तयारी गरिरहेको छ । यस अन्तरगत अमेरिकाले भारतलाई ६ वटा रियक्टर सप्लाइ गर्नेछ । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् । ट्रम्प मंगलबार राति अमेरिका फर्किनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com