अमेरिकी राष्ट्रपति ट्रम्पको सुरक्षामा भारतले खटायो लंगुर !


प्रकाशित मिति : फाल्गुन १३, २०७६ मंगलबार

भारतको दुईदिने भ्रमणमा त्यहाँ पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताजमहलको भ्रमण समेत गर्ने कार्यतालिका छ । ताजमहलमा भने उनको सुरक्षालाई ध्यानमा राखी कडा व्यवस्था गरिएको छ । ताजमहलका बाँदरले पर्यटकमाथि जथाभावी आक्रमण गर्ने र्गछन्, बाँदरको आक्रमण रोक्नका लागि भने ५ वटा तालिमप्राप्त लंगुरलाई ताजमहलमा खटाइएको छ ।

भारतीय प्रहरीले तालिमप्राप्त लंगुर खटाएको जनाइएको छ । सुरक्षा सतर्कता अपनाउने क्रममा त्यहाँको प्रहरीले मानवीय गतिविधि र आशंकालाई मात्र ध्यानमा राखेर गरिएको छैन, जनावरहरूको आक्रमणलाई पनि ध्यानमा राखिएको छ ।

बादरहरूले प्रायः ताजमहल र वरपर पर्यटकहरूलाई आक्रमण गर्दछन् । बिबिसी हिन्दीका अनुसार बादरलाई लखेट्न लंगुरहरू खटाइएको हो । यसका लागि प्रहरी प्रशासनले वन विभागका अधिकारीहरूको सहयोग लिएको जनाइएको छ । यद्यपि लंगुरहरू ठ्याक्कै कुन स्थानमा खटाईएको छ र उनीहरूले कसरी काम गर्छन् भनेर कुनै पनि जानकारी दिइएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार मध्यान्ह ट्रम्प पत्नीसहित गुजरातको अहमदावादमा उत्रिएका छन् । दम्पत्ति त्यहाँबाट उनी आजै साँझ आगरास्थित ताजमहल हेर्न जानेछन् । सोमबार मध्यान्हदेखि नै ताजमहलमा अन्य पर्यटकलाई आउजाउ निषेध गरिएको छ । ट्रम्पले आगरामा केवल २ घण्टा बिताउने बताइएको छ ।

उनको स्वागतका लागि आगरामा कयौँ दिनदेखि दिन-रात खटेर विशेष तयारी गरिएको छ । आगराका हरेक सडकलाई धोएर सफा पारिएको छ । ट्रम्पको गाडी चल्ने हरेक सडक क्षेत्रमा कडा सुरक्षा गरिएको छ । सडक र आसपासका क्षेत्रमा ठूलो सुरक्षा घेरा तैनाथ गरिएको छ । जसमा स्थानीय पुलिसदेखि अर्धसैनिक बल र एनएसजीका कमांडोहरूसमेत तैनाथ छन् ।एजेन्सी,

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com