साउथ कोरियामा कोरोना संक्रमितको संख्या ४३०, इटलीमा ६२ मा संक्रमणपछि १० वटा गाउँ शटडाउन


प्रकाशित मिति : फाल्गुन १०, २०७६ शनिबार

साउथ कोरियामा कारोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४३० नाघेको छ । २४ घण्टाको अवधिमा २२० जनामा कोरोना संक्रमणको पुष्टी भएपछि संक्रमितका संख्या ह्वात्तै बढेको हो ।

अहिलेसम्म चीनमामात्र ७६ हजार २ सय ८८ मा कोरोना संक्रमण पुष्टी भइसकेको छ । विश्वब्यापी रुपमा भने कोरोना संक्रमितको संख्या ७७ हजार ७ सय नाघेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म २४५८ जनाको मृत्यु भइसकेको छ जसमध्ये १७ मृत्यु चीनबाहिर भएको हो ।

इटलीमा कोरोना भाइरस संक्रमितको संख्या ६२ पुगेपछि १० वटा गाउँहरु हटडाउन गरिएको छ । इटलीमा ७८ बर्षका एकबृद्ध र ७७ बर्षकी एक बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । इटलीमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित गाउँहरु शनिबारदेखि शटडाउन गरिएको छ । ती गाउँहरुमा ट्रेनहरु समेत नरोकिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरानमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएपछि कुवेतले इरानमा रहेका आफ्ना ७ सय जना नागरिकलाई विमान चार्टड गरेर फिर्ता लैजाने भएको छ । इजरायलले विदेशी पर्यटकमाथि प्रवेशमा कडाई गरेको छ । इजरायलले विगत १४ दिनमा साउथ कोरिया र जापान गएकाहरुलाई समेत प्रवेशमा रोक लगाएको छ ।

अमेरिकाले आफ्ना नागरिकलाई साउथ कोरियाको भ्रमणमा जाँदा सावधानी अपनाउन चेतावनी दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले यात्रा चेतावनी जारी गर्दै सावधानी अपनाउन भनेको हो ।

यसैबीच जापानमा कोरोना संक्रमितको संख्या ७३८ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ । अमेरिकामा ३५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com