अब महिलाले फेसबुकमा लाइभ गर्न नपाइने !


प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार

उत्तेजक पहिरनमा फेसबुक लाइभ र सामानहरूको विज्ञापन तथा बिक्री गर्ने कार्य कम्बोडिया सरकारले रोक लगाएको छ । तर सरकारको यस्तो कदमलाई महिला अधिकारवादीहरूले खरतनाक र आधारहीन भएको आरोप लगाएका छन् ।

कपडा तथा ब्युटी प्रडक्टहरूको प्रचार तथा बिक्रीका लागि उत्तेजक कपडा लगाएका युवतीहरू फेसबुकमा आएर लाइभ गर्ने प्रचलन ह्वात्तै बढेपछि कम्बोडिया सरकारले त्यस्ता फेसबुक प्रयोगकर्ताहरूमाथि प्रतिबन्ध लगाउन सुरु गरेको थियो ।

उत्तेजक पहिरनमा फेसबुकमा लाइभ आएर व्यापार गर्ने कार्यले देशको संस्कृतिमा आघात गरेको दाबी त्यहाँका प्रधानमन्त्री हुन सेनले गरेका छन् ।

कम्बोडियाको महिला आयोगलाई निर्देशन दिँदै प्रधानमन्त्री हुनसेनले भनेका छन्, ‘तपाईंहरू त्यसरी लाइभ गरिरहेका महिलाहरूकहाँ जानुहोस् र उनीहरूले उत्तेजक कपडाको साटो सामान्य पहिरन नलगाएसम्म लाइभ स्ट्रिमिङ्ग बन्द गराउनुहोस् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बन्द गराउनुहोस् ।’ यसरी उत्तेजक पहिरनमा फेसबुक लाइभ गर्ने कार्य देशको संस्कृति र परम्पराको उल्लंघन भएको र यसले महिलाविरुद्ध यौन दुव्र्यवहार र हिंसालाई बढावा दिएको दाबी प्रधानमन्त्रीको छ । कम्बोडियन पुलिसले बुधबार आफ्नो फेसबुक पेजमा एउटा भिडियो पोष्ट गरेको छ ।

जसमा एकजना महिलाले आफुले उत्तेजक पहिरनमा फेसबुक लाइभ गरेर गलत काम गरेको र संस्कृति र महिलाको मर्यादामा आघात पुर्याएको भन्दै क्षमा मागेकी छन् । यस विषयमा फेसबुक कम्पनीले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com