कोरोना अपडेट : मृतकको संख्या २ हजार, संक्रमित ७५ हजार, चीनबाहिर १ हजार


प्रकाशित मिति : फाल्गुन ७, २०७६ बुधबार

कोरोना भाइरसको संक्रमणबाट विश्वब्यापी ज्यान गुमाउनेहरुको संख्या २ हजार नाघेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण ७५ हजारभन्दा धेरैमा पुष्टी भइसकेको छ । चीनबाहिरमात्र कोरोनाको संक्रमण एकहजारभन्दा धेरैमा पुष्टी भइसकेको छ ।

यसैबीच २७ जना बैज्ञानिकहरुले कोरोना भाइरसको उत्पत्ति जनावरबाट नभई चीनको ल्याबमा गरिएको भन्ने हल्लाको निन्दा गरेका छन् । कोरोना भाइरसको उत्पादन प्राकृतिक रुपमा नभएको भन्ने षड्यन्त्रको सिद्धान्तको आफूहरुले निन्दा गर्ने उनीहरुले बताएका छन् ।

यसैबीच सिंगापुरमा थप ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । संक्रमितहरुमा एकजना ५७ बर्षका, एकजना ५४ बर्षका र अर्का ३४ बर्षका रहेका छन् ।

त्यस्तै चीनले कोरोना भाइरसका संक्रमणका बारेमा लेख लेखेको आरोपमा तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको हो ।

पत्रिकाले माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन गरेको पहिलो पटक हो । सन् १९९८ देखि चीनले कुनै पनि पत्रकारलाई निष्काशन गरेको थिएन ।

निष्काशित हुने पत्रकारमा डेपुटी ब्यूरो प्रमुख जोसेफ चिन, चाओ देङ र फिलिप वेन रहेका छन्। चीन र देङ अमेरिकन नागरिक हुन् भने वेन अस्ट्रेलियन नागरिक भएको जनाईएको छ ।

जर्नलले फेब्रुअरी ३ देखि कोरोनाभाइरसको विषयमा छाप्दै आएको स्तम्भमा चीनका विदेशमन्त्रीले आलोचना गर्दै आइरहेका थिए। स्तम्भ बार्ड कलेजका प्राध्यापक वाल्टर रसेलले ‘चाइना इज द रियल सिक म्यान अफ एसिया’ शीर्षकमा लेख्दै आएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com