कोरोना भाइरसबाट ग्रसित ४४ हजारमाथि गरिएको अनुसन्धानले भन्छ ?


प्रकाशित मिति : फाल्गुन ६, २०७६ मंगलबार

चीनमा स्वास्थ्य अधिकारीले पहिलो पटक कोरोना भाइरसबाट ग्रस्त ४४ हजारभन्दा बढी व्यक्तिबारे जानकारी सार्वजनिक गरेको छ । कोरोना भाइरस फैलिएपछि यो अहिलेसम्मको सबैभन्दा व्यापक अनुसन्धान हो ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीसीडीसी) ले यो रिपोर्ट जारी गरेको छ । रिपोर्ट अनुसार ८० प्रतिशत बढी घटना सामान्य छन् । आँकडाका अनुसार रोगी र वृद्ध–वृद्धा यो भाइरसको संक्रमणमा आउने सबैभन्दा धेरै खतरा छ ।शोधमा पत्ता लागेअनुसार यसको उपचार गरिरहेका डाक्टर र स्वास्थ्यकर्मीलाई पनि अत्यधिक खतरा छ ।

चीनको ऊहान शहरको एक अस्पतालका निर्देशकको मंगलबार मृत्यु भएको छ । ५१ वर्षीय ली जिन्मिङ ऊहान शहरमा रहेको वुचाङ्ग अस्पतालका निर्देशक थिए । जिन्मिङ यो भाइरसका कारण ज्यान गुमाउने वरिष्ठ स्वास्थ्य अधिकारीमध्ये एक हुन् ।

हुबेई सबैभन्दा धेरै प्रभावित भएको प्रान्त हो र ऊहान शहर यसै प्रान्तमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिसिडीको रिपोर्ट अनुसार हुबेई प्रान्तमा मृत्यु दर २.९ प्रतिशत छ जबकि पूरा चीनमा मृत्यु दर ०.४ प्रतिशत छ । अनुसन्धानमा पत्ता लागे अनुसार कोरोना भाइरस वा कोभिड– १९ बाट मृत्यु हुनेको दर २.३ प्रतिशत छ ।

मंगलबार जारी गरिएको यो रिपोर्ट अनुसार कोरोना भाइरसले अहिलेसम्म १८ सय ६८ जनाको मृत्यु भइसकेको छ भने ७२ हजार ४ सय ३६ यसबाट संक्रमित छन् । चिनियाँ अधिकारीका अनुसार १२ हजार बढी पिडितलाई अहिलेसम्म बचाइएको छ ।

सीसीडीले यो रिपोर्ट सोमबार जारी गरेको हो र यसलाई चिनियाँ जर्नल अफ एपिडेमिओलोजीमा पनि प्रकाशित गरियो । यो रिपोर्ट बनाउनका लागि ११ फेब्रुअरीसम्म भाइरसबाट ग्रसित ४४ हजार बढी व्यक्तिमा अध्ययन गरियो ।

यो भाइरसबारे पहिले जे जति जानकारी थियो यो अनुसन्धानले लगभग त्यहि कुरा पुष्टि गर्छ ।

रिपोर्टमा पाइए अनुसार ८०.९ प्रतिशतमा साधारण संक्रमण देखिएको थियो, १३.८ प्रतिशतमा तीब्र संक्रमण छ र ४.७ प्रतिशतको संक्रमण घातक छ । भाइरसद्वारा संक्रमितमध्ये मृत्यु हुनेको संख्या त कम छ तर ८० भन्दा बढी उमेरका वृद्धवृद्धाको मृत्युदर बढिरहेको छ ।

यदि महिला र पुरुषको कुरा गर्ने हो भने पुरुषको मृत्युदर २.८ प्रतिशत छ भने महिलाको मृत्युदर १.७ प्रतिशत छ ।

रिपोर्टमा पाइएअनुसार मुटु रोगी, मधुमेह रोगी, सास फेर्न समस्या भएकाहरु र हाइपरटेन्सनका बिरामीहरुमा यो भाइरस फैलने अत्यधिक खतरा छ ।

यस्तै, उक्त रिपोर्टले अहिलेसम्म ३ हजार १९ स्वास्थ्यकर्मी यसको शिकार भएको जसमध्ये ११ फेब्रुअरीसम्म १७ सय १६ संक्रमित पुष्टि भइरहेको जानकारी दिएको छ ।
यो रिपोर्टले भविष्यबारे के बताउँछ ?

रिपोर्ट अनुसार कोरोना भाइरस सबैभन्दा धेरै २३–२६ जनवरीको बीचमा फैलियो तर त्यसपछि यसमा क्रमशः कमी आउन थाल्यो । रिपोर्टका अनुसार भाइरसको प्रभावमा कमी आउनुको अर्थ पूरा शहरलाई अलग्ग्याउने, विभिन्न च्यानलमा यो भाइरस बारे प्रचार प्रसार गर्ने र शीघ्र कारवाहीको असर परिरहेको छ ।

तर शोधकर्ताले धेरै मानिसहरु लामो छुट्टीबाट फिर्ता हुँदैछन् त्यसकारण यो भाइरस पुनः तीब्र रुपमा फैलनबाट रोक्नका लागि तयारी गर्नुपर्ने चेतावनी पनि दिएका छन् ।

क्रुजमा के भइरहेको छ ?

चीनबाट निस्किएर यो भाइरस अन्य देशमा पनि फैलिसकेको छ । कम्तीमा दुई क्रुजमा यात्रा गरिरहेका व्यक्तिहरु यसबाट संक्रमित भएको पुष्टि भइसकेको छ ।

जापानको योकोहामा बन्दरगाहमा डायमन्ड प्रिन्सेस नामको एउटा क्रुजलाई तीन फेब्रुअरीबाट अलग राखिएको छ । क्रुजमा सवार हङ्गकङ्गका एक व्यक्तिमा यो भाइरस देखिएपछि यस्तो गरिएको थियो ।

यो क्रुजमा करिब ३७ सय व्यक्ति छन् जसमध्ये ४ सय ५० बढी यो भाइरसबाट ग्रसित छन् ।

मंगलबार दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई बाहिर निकाल्ने निर्णय गर्‍यो । यसअघि क्यानडा, अष्ट्रेलिया, ब्रिटेन, इजराइल र हङ्गकङ्गले आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकालिसकेको छ ।

अर्को एउटा जहाज एमएस वेस्टरड्यामलाई एशियाका थुप्रै बन्दरगाहमा बस्न अनुमती दिइएन । अधिकारीलाई जहाजमा सवार व्यक्तिहरु कोरोना भाइरसको शिकार त थिएनन् भनेर शंका थियो ।

अन्त्यमा उक्त जहाजले कम्बोडियामा बस्ने अनुमती पायो । उक्त जहाजमा सवार कसैमा पनि भाइरसको संक्रमण नदेखिएको पनि पुष्टि गरियो । जहाजबाट निस्किएका व्यक्तिलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन आफैंले स्वागत गरे ।

तर केही दिनपछि उक्त जहाजमा भएकी एक महिला जब मलेशिया पुगिन् तब उनमा संक्रमण देखियो । त्यसपछि उक्त जहाजमा सवार सबै यात्रीको खोजी भइरहेको छ । कोही मेलेशिया, थाइल्याण्ड गए त कोही अमेरिका र क्यानडा । थुप्रै देशले उक्त जहाजमा सवार कुनै पनि विदेशीलाई आफ्नो देशमा प्रवेशका लागि अनुमती नदिइने घोषणा गरेका छन् ।

जहाजमा अहिले पनि २ सय ५५ यात्री र ७ सय ४७ चालक दलका सदस्य छन् र ४ सय बढी यात्रीलाई राजधानीको एउटा होटलमा राखिएको छ र उनको परीक्षणको नतिजाको प्रतिक्षामा छन् ।

बीबीसीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com