उत्तर कोरियामा कोरोना भाइरस संक्रमितलाई गोली हानेर मृत्युदण्ड


प्रकाशित मिति : फाल्गुन ६, २०७६ मंगलबार

उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृत्युदण्ड दिइएको खुलासा भएको छ । चीनबाट फर्केका उत्तर कोरियाका एकजना कोरोना संक्रमित सरकारी अधिकारीलाई मृत्युदण्ड दिइएको हो ।

विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण पुष्टी भइरहदा उत्तर कोरियामा कोरोना भाइरस संक्रमणबारे कुनै खबर आएको थिएन । तर एकाएक कोरोना संक्रमितलाई मृत्युदण्ड दिइएको खुलासा भएको छ ।

उत्तर कोरियामा मास्क लगाएर हिडिरहेका सर्वसाधारण

सार्वजनिक स्थानमा नुहाउन गएका उनलाई तुरुन्तै गिरफ्तार गरेर गोली हानेर मृत्युदण्ड दिइएको छ । केही दक्षिण कोरियाका संचारमाध्यमहरुले उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण र सम्भावित मृत्युबारे पनि खबरहरु प्रकाशित गरेका छन् ।

उत्तर कोरियाले यसअघि नै कोरोनाभाइरस रोकथामका लागि चीनसँगको नाका ठप्प पारिसकेको छ ।

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभेटिएको समेत बताउँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com