अमेरिकामा ४२ राज्यमा ४६७ जनामा कोरोना भाइरस परीक्षण


प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार

अमेरिकामा अहिलेसम्म ४६७ जनामा कोरोना भाइरस भए नभएको परीक्षण गरिएको छ । अमेरिकाका विभिन्न ४२ राज्यमा यस्तो परीक्षण गरिएको रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रले जनाएको छ ।

परीक्षण गरिएकाहरुमध्ये १५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । ३९२ जनामा भने कोरोनाको संक्रमण देखिएको छैन । त्यस्तै ६० जनाको रिपोर्ट आउन भने बाँकी नै रहेको छ ।

जापानको क्रुजसिपबाट उद्दार गरिएका १४ जना अमेरिकनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । जुन अमेरिकाभित्र भएका परीक्षणभन्दा बेग्लै हो । उक्त क्रुजसिपमा ३५६ मा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको थियो । क्रुजसिपमा झण्डै ४ सय अमेरिकनहरु रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा संक्रमण पुष्टी भएका सबैभन्दा धेरै ८ जना क्यालिफोर्नियामा रहेका छन् भने इलिनोयमा २ जना रहेका छन् । टेक्सास, मासाचुसेट्स, वासिंटन राज्य, एरिजोना र विसकन्सिमा एकएकजनामा संक्रमण भएको छ ।

अहिलेसम्म विश्वभर ७१ हजारमा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । मृतकको संख्या १७७५ नाघेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com