क्यालिफोर्नियामा घरभित्रै १४ सय बढी गैरकानुनी गाँजाका बोट, प्रहरीबाट कब्जा


प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा एउटा घरभित्रै रोपिएका १४ सय बढी गाँजाका बोटहरु प्रहरीले फेला पारेको छ । क्यालिफोर्नियाको वेष्ट प्वाइन्टमा गैर कानुनी रुपमा गाँजा खेती गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ भने सबै गाँजाका बोटहरु नियन्त्रणमा लिएको छ ।

३६ बर्षका जोंग झीलाई गैरकानुनी गाँजा उत्पादन र लागु औषध कारोबारको अभियोग लगाइएको छ । उनलाई १ लाख डलर धरौटी तोकेर स्थानीय जेलमा राखिएको छ ।

एउटा ठूलो भवनभित्र पूरै गाँजा खेति गरिएको थियो भने गाँजा खेतीका लागि खतरनाक रुपमा विद्युतीय रुपान्तरण गरिएो थियो । बस्नका लागि अत्यन्तै असुरक्षित रहेको भवनमा गाँजा खेती गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा कतिपय राज्यहरुमा गाँजा उत्पादन र बिक्रि कानुनी भएतापनि त्यसको लाइसेन्सको प्रकृया जटिल रहेको छ । विना लाइसेन्स गाँजा उत्पादन गर्नु गैरकानुनी रहेकाले त्यसरी गाँजा उत्पादन गरेमा कडा सजायको व्यवस्था रहेको छ ।

कतिपय राज्यमा औषधीको रुपमा मात्र गाँजाको प्रयोग बैध रहेको छ भने कतिपय राज्यमा गाँजा सेवनलाई नै कानुनी बनाइएको छ । यद्यपी अमेरिकाको संघीय कानुन अनुशार भने गाँजा सेवनलाई अझै पनि गैरकानुनी मानिन्छ । यदि कुनै व्यक्तिले गाँजा सेवन गरेको पाइएमा उसलाई असल नैतिक चरित्र नभएको ठहर गरेर अमेरिकी नागरिकताबाट वञ्चित गर्नसकिने प्रावधान समेत छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com