कोरोना भाइरस संक्रमणबाट युरोपमा पनि मृत्यु, ६९ हजारमा संक्रमण


प्रकाशित मिति : फाल्गुन ३, २०७६ शनिबार

कोरोना भाइरसको संक्रमणबाट युरोपमा पहिलोपटक एकजनाको मृत्यु भएको छ । फ्रान्समा शनिबार कोरोना संक्रमित एकजना चीनिया पर्यटकको मृत्यु भएको जनाइएको छ ।

विश्वभर अहिले कोरोना संक्रमितको संख्या ६९ हजार नाघेको छ भने १६६९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म चीनभन्दा बाहिर ४ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

यसैबीच झण्डै २ साता अगाडि जापान आइपुगेको क्रुजसिपमा रहेका अमेरिकन नागरिकह र उनीहरुका परिवारलाई लिन अमेरिकाबाट चार्टड विमान जाने भएको छ । उनीहरुलाई अमेरिका आइसकेपछि १४ दिनसम्म क्वारेन्टाइनमा राखिने भएको छ ।

सिंगापुरमा कोराना भाइरसका थप ४ वटा केसहरु भेटिएपछि संक्रमितको संख्या ७२ पुगेको छ । शनिबार एकैदिनमा चीनमा थप २ हजार ९ मा संक्रमण भएको छ भने १४२ जनाको मृत्यु भएको छ ।

हंगकंगमा ५६ जनामा र जापानमा ४१ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । त्यस्तै थाइल्याण्डमा ३४, साउथ कोरियामा २८ र मलेसियामा २१ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना भाइरसबाट मृत्यु भएका चिकित्सक ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com