ट्रम्पको रिसोर्ट छिर्न २ लाख डलरको सदस्यता लिनुपर्ने, अनाधिकृत छिर्नेलाई ६ महिना जेल


प्रकाशित मिति : फाल्गुन २, २०७६ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडामा रहेको मार ए लागो रिसोर्टमा घुसेर तस्वीर खिच्न खोज्ने एकजना चिनिया नागरिकलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । आज लु जिंघलाई त्यहाँको अदालतले जेल सजाय सुनाएको हो ।

गत डिसेम्बरमा उनी अनाधिकृत रुपमा रिसोर्टमा छिरेकी थिइन् । सुरक्षागार्डले उनलाई बाहिर जान भनेपनि उनले नमानेर तस्वीर खिचेकी थिइन् । पछि उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो ।

डिसेम्बर १८ देखि हिराशतमा राखिएकोमा उनलाई डिसेम्बरदेखि फरबरी १४ सम्मको ५९ दिनको उनलाई क्रेडिट दिइने भएको छ । जस अनुशार उनले अब ४ महिना जेलमा बिताउनुपर्ने भएको छ ।

रिसोर्टको प्रवेशद्धार

चिनिया नागरिक लु जिंघले आफूलाई अमेरिकी कानुनबारे थाहा नभएकाले त्यस्तो हुन गएको भन्दै न्यायाधिससमक्ष कम सजायको माग गर्दै याचना गरेकी थिइन् । उनको यो पहिलो अपराध भएको र आफू अन्जानमा गल्ती गरेको भन्दै उनले याचना गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१९ मा मार ए लागो रिसोर्टभित्र अनाधिकृत रुपमा छिर्ने यी दोश्रो चाइनिज हुन् । यसअगाडि मार्चमा पनि अर्का एकजना चाइजिन यसरी नै छिर्दा उनलाई ८ महिनाको जेल सजाय दिइएको थियो ।

ट्रम्पको मार ए लागो रिसोर्टमा प्रवेशका लागि सदस्यता लिन जरुरी हुन्छ । सदस्यता शुल्क २ लाख डलर रहेको छ भने बार्षिक रुपमा १५ हजार डलर तिर्नुपर्छ । यदि रिसोर्टमा रात विताउन चाहेको खण्डमा एकरातको २ हजार डलर थप तिर्नुपर्छ ।

यी महिलालाई ६ महिनाको जेल सजाय सुनाइएको छ ।

हाल यो रिसोर्टका सदस्यहरु ५ सयको हाराहारीमा रहेका छन् । सदस्यता लिएको व्यक्तिले साथमा दुईजनासम्म पाहुनाहरु रिसोर्टमा लैजानसक्ने व्यवस्था रहेको छ ।

यदि राष्ट्रपति ट्रम्प र परिवारका सदस्यहरु रिसोर्टमा रहेको खण्डमा त्यहाँ जाने सदस्यहरुले पनि सेक्रेट सर्भिसको चेकप्वाइन्ट पार गरेर जानुपर्छ । साथमा सानातिना हातहतियार, चक्कु वा सुरक्षा खतरा हुने सामाग्रीहरु लैजान पाइदैन ।

रिसोर्टमा डोनाल्ड ट्रम्पले बेलाबेलामा पार्टी समेत गर्छन् । नयाँ बर्षको यस्तै पार्टीमा रिसोर्टका सदस्यता लिएकाहरुका लागि ६ सय र सदस्यता लिएकाहरुका पाहुनाहरुलाई ७५० डलर शुल्क तोकिएको थियो ।

सदस्यता नलिएकाहरुले पनि विवाह, बर्थडे पार्टीहरु गर्न सक्छन् । तर त्यसको लागि महँगो शुल्क तिर्नुपर्छ । पार्टीको साइज र हल अनुशार यसको शुल्क निर्धारण हुन्छ ।

मार ए लागो रिसोर्टभित्र निजी समुन्दी तट, विशिष्ट श्रेणीका स्पा, टेनिस कोर्ट, गल्फ कोर्स लगायत रहेका छन् । यो सम्पत्ति डोनाल्ड ट्रम्पले सन् १९८५ मा १० मिलियन डलरमा किनेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com