उपचारमा खटिएका १७१६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, ८ को मृत्यु


प्रकाशित मिति : फाल्गुन २, २०७६ शुक्रबार

WUHAN, CHINA – FEBRUARY 07: A portrait of Dr. Li Wenliang at Li’s hospital in Wuhan on February 07,2020 in Wuhan.Hubei province,China.Dr. Li, regarded a whistleblower on the pneumonia outbreak, died of the novel coronavirus Thursday night, which triggered wide-spread mourning on Chinese media. (Photo by Getty Images)

उपचारमा खटिएका १७ सय भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारका लागि अग्रमोर्चामा खट्ने १७ सय भन्दा बढी स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको हो ।

शुक्रबारसम्म चीनमामात्र १७१६ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टी भएको हो । उनीहरुमध्ये ६ जनाको मृत्यु भइसकेको छ । युहानमामात्र ११०२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टी भएको छ ।

कोरोना भाइरसको बारेमा सुरुमा खुलासा गर्ने चिकित्सकको मृत्यु

चीनमा घातक कोरोना भाइरस संक्रमणको खुलासा गर्ने युहानका डाक्टरको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ । उनले गत डिसेम्बरमा सार्सजस्तै खतरनाक रोग आउन लागेको भन्दै सर्वसाधारणहरुलाई चेतावनी दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ली वेनलियांग नाममा ती डाक्टरलाई सामाजिक भड्वाउमा लागेको र अफवाह फैलाएको आरोपमा प्रहरीले बोलाएर एउटा कागजमा हस्ताक्षर गराएको थियो । कोरोनाभाइरस संक्रमित बिरामीबाट उनमा भाइरसको संक्रमण भएपछि उनी जनवरी १२ मा अस्पताल भर्ना भएका थिए ।

फरबरी १ मा उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको थियो ।

 

महामारीकालागि अमेरिका तयार

रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रले कोरोना भाइरसको महामारीका कारण आउनसक्ने सबैभन्दा खराब अवस्थाको सामना गर्नका लागि तयारी गरिरहेको छ । सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले कोरोनाको भाइरसको संक्रमण यो बर्षभन्दा पछाडिसम्मसमेत जारी रहनसक्ने बताएका छन् ।

अमेरिकामा फैलिनसक्ने कोरोना भाइरसको महामारीका लागि अमेरिकाले तयारी गरेको छ । यो भाइरस अमेरिकामा सामुदायिक भाइरसका रुपमा फैलिनसक्ने अनुमान गरिएको छ ।

शोधकर्ताहरुले कोरोना भाइरसको संक्रमणका लागि भ्याक्सिन निर्माण गर्न एकबर्षभन्दा लामोसमय लाग्ने बताएका छन् । अहिलेसम्म कोरोना भाइरस संक्रमणको औषधी पत्ता लागेको छैन । तर औषधीको मिश्रण गरेर उपचार गरिदै आएको छ ।

अहिलेसम्म अमेरिकाका सातवटाराज्यहरुमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । क्यालिफोर्नियामा ८ जनामा, इलिनोयमा २ जनामा, एरिजोना, वासिंटन, मासाचुसेट्स, विसकन्सिन र टेक्सासमा एकएकजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ ।

अहिलेसम्म विश्वमा झण्डै ६५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट झण्डै १४ सय जनाको मृत्यु भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com