कोरोना भाइरसको आशंकामा अस्पतालमा भर्ना दुई युवती पर्खाल नाघेर भागे


प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार

कोरोना भाइरसको आशंकामा रसियाको अस्पतालमा भर्ना दुई युवती पर्खाल नाघेर भागेका छन् । उनीहरुमध्ये एकजना अस्पतालको पर्खाल नाघेर भागेको जनाइएको छ ।

दुबै महिलाहरुलाई चीनबाट फर्केपछि अस्पताल भर्ना गरिएको थियो । उनीहरु हुबेइबाट १ हजार माइल टाढाको हैनानको भ्रमण गरेर फर्केका थिए ।

कोरोना भाइरसको संक्रमण नेगेटिभ आएपछि पनि उनीहरुलाई थप १४ दिनसम्म अस्पतालमा रहन भनिएपछि उनीहरु भागेका छन् । अहिलेसम्म विश्वभर ६० हजारभन्दा धेरैमा कोरोनाको संक्रमण देखिएको छ भने १३५७ जनाको मृत्यु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका साउदी अरबका नागरिक पनि भागेका छन् । चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए ।

सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो । तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेका हुन् ।

त्यस्तै धनगढीका एक युवालाई कोरोना भाइरसको आश‌ंकामा सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । हालै चीनबाट नेपाल फर्किएका उनीलाई ज्वरो आउने तथा घाटी दुख्ने समस्या देखिएपछि कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com