कोरोना भाइरस संक्रमणका कारण मृतकको संख्या १ हजार नाघ्यो


प्रकाशित मिति : माघ २७, २०७६ सोमबार

चीनमा कोरोना भाइरसको संक्रमण झन् घातक बन्दै गइरहेको छ । कोरोना संक्रमणबाट मृतकको संख्या १ हजार नाघेको छ ।

विश्वभर अब कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरु १ हजार १६ पुगेका छन् ।

हिजोमात्र चीनमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा ९७ को ज्यान गएको थियो ।आइतबारमात्र भाइरस संक्रमणबाट चीनमा ८९ जनाको मृत्यु भएको थियो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ हजार नाघेको छ । गत डिसेम्बरबाट फैलिन सुरु गरेको कोरोना भाइरसको संक्रमण युहानको जलाहार बजारबाट फैलिएको थियो ।

यसैबीच कोरोना भाइरसबिरुद्ध लड्ने भ्याक्सिन बनाउन कम्तीमा पनि एकबर्ष लाग्ने शोधकर्ताहरुले बताएका छन् । यो भ्याक्सिन सबैभन्दा छिटो तयार भएमा सन् २०२१ को जनवरीमा आउने उनीहरुको भनाई छ ।

कोरोना भाइरसबाट मृत्यु भएका चिकित्सक ।

जापानको क्रुजसिपमा १३५ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ, जसमध्ये कम्तीमा २४ जना अमेरिकन रहेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com