ओस्कार अवार्ड : उत्कृष्ट चलचित्रको अवार्ड साउथ कोरियन चलचित्र प्यारासाइटलाई


प्रकाशित मिति : माघ २६, २०७६ आईतबार

आज अमेरिकाको लस एन्जलसमा एक कार्यक्रमको आयोजना गरी ९२ औं ओस्कार अवार्ड विजेताहरुको घोषणा गरिएको छ । एकेडेमी अवार्डका रुपमा चर्चित ओस्कार अवार्डमा विभिन्न विधामा उत्कृष्टको घोषणा गरिएको छ ।

यसपटकको ओस्कारमा उत्कृष्ट चलचित्रको अवार्ड साउथ कोरियन चलचित्र प्यारासाइटले  जितेको छ ।

उत्कृष्ट अभिनेताको अवार्ड जोकरबाट जोकिन फीनिक्स ले जितेका छन् । उत्कृष्ट अभिनेतृको अवार्ड चलचित्र जुडीबाट रेनी जेलवेगरले जितेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्कृष्ट निर्देशकको अवार्ड प्यारासाइटका बोंग जोन होलाई प्रदान गरिएको छ । उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड पनि साउथ कोरियाको प्यारासाइटलाई प्रदान गरिएको छ ।

 

उत्कृष्ट आवाज सम्पादनको अवार्ड फोर्ड भर्सेस फरारी, उत्कृष्ट सहअभिनेतृको अवार्ड म्यारिज स्टोरीबाट लाउरा डर्न, उत्कृष्ट सहअभिनेताको अवार्ड वान्स अपन अ टाइम इन हलिउडबाट ब्राड पिटले प्राप्त गरेका छन् । त्यस्तै एनिमेटेड फिचर फिल्म टोय स्टोरी ४, एनिमेटेड सर्ट फिल्म हेयर लभ, बेस्ट ओरिजिनल स्क्रीनप्ले प्यारासाइटबाट बोंग जोन हो र बेस्ट एडप्टेड स्क्रीनप्ले अवार्ड जाजो र्याबिटबाट टाइका वाईटीटीले प्राप्त गरेका छन् ।

त्यस्तै लाइभ एक्सन सर्ट फिल्मको अवार्ड द नेवर्स वीन्डो, बेस्ट प्रोडक्सन डिजाइन वान्स अपन अ टाइम इन हलिउड र बेस्ट कस्ट्युम डिजाइनको अवार्ड लिटल वुमनबाट ज्याकलिन डुरनले प्राप्त गरेका छन् । डकुमेन्ट्री फिचर अवार्ड अमेरिकन फ्याक्टरीले र डकुमेन्ट्री सर्ट फिचर अवार्ड लर्निंग टु स्केटबोर्ड इन अ वारजोनले प्राप्त गरेका छन् ।

त्यस्तै १९१७ले उत्कृष्ट सिनेमेटोग्राफी र उत्कृष्ट साउण्ड मिक्सिंग अवार्ड जितेको छ । भिजुअल इफेक्टको अवार्ड पनि १९१७ ले जितेको छ ।  उत्कृष्ट फिल्म सम्पादनको अवार्ड पनि फोर्ड भर्सेस फरारीले जितेको छ । उत्कृष्ट मेकअप एण्ड हेयर स्टायलको अवार्ड बमशेलले जितेको छ ।

म्युजिकमा ओरिजिनल स्कोर अवार्ड जोकरले प्राप्त गरेको छ । म्युजिकमा ओरिजिनल गीतको अवार्ड रकेटम्यानबाट लभ मी अगेनले प्राप्त गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com