न्युयोर्कको ब्रोंक्समा ड्युटीमा रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार


प्रकाशित मिति : माघ २५, २०७६ शनिबार

न्युयोर्कको ब्रोंक्समा ड्युटीमा रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ । घटना शनिबार राती साढे ८ बजेको समयमा भएको हो ।

गस्तीको भ्यानमा बसिरहेका बखत उनीमाथि गोली प्रहार भएको हो । घाइते प्रहरीलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको छ ।

हन्टस प्वाइन्ट नजिकै इस्ट १६३ स्ट्रीट र फक्स स्ट्रीटमा घटना भएको हो । प्रहरीको चिउडो र घाँटीमा चोट लागेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीहरु भ्यानमा बसेको बेलामा एकजना व्यक्ति नजिकै आएर लोकेशन सोधेको र बन्दुक झिकेर गोली हानेको जनाइएको छ ।

केही राउण्ड गोली हानेपछि उक्त व्यक्ति पैदल नै भागेको जनाइएको छ ।

घटनालगत्तै साथमा रहेका अर्का प्रहरी अधिकारीले घाइतेले अस्पताल लगेका थिए । घटनालगत्तै उक्त स्थानमा दुईवटा हेलिकप्टरले फन्को मारेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com