कोरोना भाइरसबाट ज्यान गुमाउने पहिलो विदेशी अमेरिकन नागरिक


प्रकाशित मिति : माघ २५, २०७६ शनिबार

कोरोना भाइरसबाट ज्यान गुमाउने पहिलो विदेशी अमेरिकन नागरिक रहेको अधिकारीहरुले बनाएका छन् । ती अमेरिकन नागरिकको चीनमा नै निधन भएको थियो । यसअगाडि जापानी नागरिकको निधन भएपनि उनको निधन भने निमोनियाका कारण भएको जनाइएको छ ।

बिहिबार युहानको अस्पतालमा ६० बर्षका अमेरिकन नागरिकको मृत्यु भएको चीनमा रहेको अमेरिकी दूतावासले जनाएको छ । शुक्रबार एकैदिन चीनमा अहिलेसम्मकै धेरैजनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको खबर आएलगत्तै बिहिबार ज्यान गुमाउने अमेरिकन भएको खुलासा भएको हो ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ७२४ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या ३४ हजार ५ सय ४६ नाघेको छ । जापानको विदेशमन्त्रालयले जापानमा ज्यान गुमाएका आफ्ना नागरिक कोरोना कारण नभई निमोनियाका कारण भएको बताएको छ ।

कोरोना भाइरसका कारण एसियामा तीनवटा पानीजहाजमा हजारौं व्यक्ति अड्किएका छन् । जापान र हंगकंगमा दुईवटा पानीजहाज पोर्टमा राखिएको छ भने चीनमा एउटा पानीजहाजलाई विभिन्न पोर्टबाट पार्क गर्न नदिई फर्काइएकाले उक्त जहाज समुन्द्रमाथि नै रहेको छ ।

जापानको पानीजहाजमा ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । चीनमा रहेको पानीजहाजमा कोरोनाको संक्रमण पुष्टी नभएपनि जहाजभित्र यात्रुहरुमा भाइरस संक्रमण भएको अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com