फेसबुककै ट्वीटर र इन्स्टाग्राम एकाउन्ट ह्याक
प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

शुक्रबार दिउसो ह्याकरहरुको एउटा समुहले फेसबुककै आधिकारिक ट्वीटर एकाउन्ट र इन्स्टाग्राम एकाउन्ट ह्याक गरेको छ । उनीहरुले ती एकाउन्टहरु ह्याक गर्दै फेसबुकपनि ह्याक गर्न सकिने सन्देश राखेका थिए ।
ती एकाउन्टहरु अहिले ह्याकरको कब्जाबाट मुक्त गरिसकिएको छ । ह्याकरहरुले फेसबुकपनि ह्याक गर्न सकिने तर उनीहरुको सेक्युरिटी ट्वीटरको भन्दा बलियो रहेको सन्देश राखेका थिए ।
फेसबुककै आफ्नो वेवसाइट भने ह्याक गरिएको छैन । ट्वीटरले ती एकाउन्टहरु थर्ड पार्टीबाट ह्याक भएको तर सुचना प्राप्त गर्नासाथ एकाउन्टहरु लक गरिएको प्रस्ट पारेको छ ।
दुबईमा रहेको आवरमाइन नामको ह्याकर समुहले ती एकाउन्टहरु ह्याक गरेको जनाइएको छ । उनीहरुले विगतमा पनि हाइप्रोफायल व्यक्तिका एकाउन्टहरु ह्याक गरेका थिए ।
यो समुहले साइबर सुरक्षामा रहेको कमजोरी देखाउन ह्याक गरिएको बताएको छ । उनीहरुले पीडितहरुलाई कसरी एकाउन्ट सुरक्षित राख्ने भन्ने उपायसमेत सिकाउने गरेका छन् ।