कोरोना संक्रमणबाट चीनमा एकैदिनमा ८६ को मृत्यु, संक्रमितको संख्या झण्डै ३५ हजार


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

घातक कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिनमा ८६ जनाको मृत्यु भएको छ । यो संँगै अब कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७२० नाघेको छ ।

अहिलेसम्म ३४ हजार ४ सयभन्दा बढीमा भाइरस संक्रमण पुष्टी भइसकेको छ । भाइरसको संक्रमण हुने देशहरुको संख्या पनि २७ पुगेको छ ।

जनवरी २३ भन्दा अगाडि कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो भने २३ जनवरीमा ८ जनाको मृत्यु भएको थियो । २४ जनवरीमा १६, २५ जनवरीमा १५ हुँदै हरेक दिन मृतकको संख्यामा बृद्धि हुँदै गएको थियो ।

कोरोना भाइरसबाट मृत्यु भएका चिकित्सक ।

फरबरी ५ र ६ मा हरेक दिन ७३ का दरले १४६ जनाको मृत्यु भयो । पूर्वी एसिया प्राय हरेक देशमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच मलेसियामा कोरोना संक्रमित बिरामीको संख्या १५ पुगेको छ । कोरोनाका कारण विश्वभर एन्टी भाइरस आपूर्तिमा चर्को अभाव भएको छ भने मास्कहरुको समेत अभाव भएको छ ।

कोरोना भाइरसका कारण विश्वब्यापी रुपमा ज्यान गुमाउनेहरुको संख्या ७२४ पुगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com