चीनपछि कोरोना भाइरसबाट संक्रमित हुनेहरु जापानको क्रुजसिपमा


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

चीनपछि कोरोना भाइरसबाट संक्रमित हुनेहरु जापानको क्रुजसिपमा रहेको पुष्टी भएको छ । जापानको क्रुजसिपमा रहेका कम्तीमा ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

उक्त जहाजमा २० जनामा संक्रमण भएको जनाइएको थियो तर रातभरमा यो संख्या ६१ पुगेको छ । डायमण्ड प्रिन्सेस नामको उक्त जहाजमा २६६६ यात्रु र १०४५ कर्मचारीहरु रहेका छन् ।

उक्त जहाजमा ४२८ जना अमेरिकनहरु रहेका छन् । उक्त जहाजमा रहेका यात्रुहरुको मंगलबार स्वास्थ्य परीक्षण गरिएको थियो । अझै उनीहरुलाई ११ दिनसम्म निगरानीमा राखिने भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि यात्रा अवरोध श्रृजना भएका एसियाका तीन जहाजमा यो एउटा जहाज हो । एउटा जहाज हङकङ र अर्को जापानमा पार्क गरिएका छन् । तेश्रो जहाज इस्ट चाइना सीमा नै रहेको छ । संक्रमण फैलिनसक्ने डरले उक्त जहाज पार्क गरिएको छैन ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६३० जनाको ज्यान गइसकेको छ भने ३१ हजार ४ सयमा संक्रमण देखिएको छ । अहिलेसम्म २५ देशमा भाइरसको संक्रमण देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com