अमेरिकी दूतावास न्यु दिल्लीको भूभागमा ५ बर्षकी बालिका बलात्कृत


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

अमेरिकी दूतावास न्यु दिल्लीको भूभागमा ५ बर्षकी बालिकाको बलात्कार भएको छ । बलात्कार गरेको अभियोगमा प्रहरीले एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

ती बालिका दूतावासका कर्मचारीहरुको आवासबाहिर खेलिरहेकी थिइन् । उनलाई एकजना छिमेकीले बलात्कार गरेको जनाइएको छ ।

ती बालिका दूतवासले हाउसकिपरका रुपमा राखेका एकजना कर्मचारीकी छोरी रहेको जनाइएको छ । बलात्कारको अभियोगमा पक्राउ परेको २५ बर्षको युवकमाथि थप अनुसन्धान भइरहेको छ ।

भारतीय दूतावासका प्रवक्ताले यो घटनाबाट आफूहरु निकै मर्माहत भएको जनाएका छन् । उनले दोषीलाई कारवाही गराउनका लागि आफूहरुले प्रहरीसँग समन्वय गरिरहेको जनाएका छन् ।

बलात्कृत बालिका ५ बर्षकी रहेको र भारतीय कानुन अनुशार १२ बर्षभन्दा कम उमेरकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको समेत सजाय हुनसक्छ । त्यसैले अभियोग प्रमाणित भएमा बलात्कारीलाई मृत्युदण्डको सजाय समेत हुनसक्नेछ ।

भारतमा हरेक दिन १ सय भन्दा बढी यौन हिंशाका घटनाहरु प्रहरीसमक्ष पुग्ने गरेका छन् । सन् २०१७ मा भारतमा ३२ हजार बलात्कारका घटनाहरु प्रहरीसमक्ष पुगेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com