फिनल्याण्डमा बच्चा जन्मिएपछि बुवालाई पनि आमालाई जत्तिकै बिदा


प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार

फिनल्याण्डको नयाँ सरकारले बच्चा जन्मिएपछि बुवाले पनि बच्चासँग धेरै समय बिताउन पाऊन् भनेर आमाबुवा दुवैलाई समान बिदा दिने योजना घोषणा गरेको छ। यो नयाँ योजना अनुसार आमाबुवा दुवैले १४ महिनाको तलबी बिदा पाउने छन्।

छिमेकी स्वीडेनमा बच्चा जन्मिएपछि पाइने बिदामा युरोपकै सबैभन्दा उदार प्रणाली छ जहाँ हरेक अभिभावकले २४० दिनको बिदा पाउँछन्।

फिनल्याण्डले “लैङ्गिक समानता र सु-स्वास्थ्यलाई प्रोत्साहन” गर्न खोजेको जनाएको छ।

स्वास्थ्य तथा सामाजिक मामिलामन्त्री आइनो काइसा पेकोननले सञ्चारकर्मीलाई सुरुदेखि नै आमाबुवासँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले ” परिवारलाई फाइदा पुग्ने एउटा आमूल परिवर्तनको” सुरुआत भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेको व्यवस्था अनुसार फिनल्याण्डमा सुत्केरी आमालाई साढे चार महिना बिदा दिने व्यवस्था छ भने बुवालाई बच्चा दुई वर्षको नहुँदासम्म साढे दुई महिनाको बिदा दिने व्यवस्था छ। त्यसमाथि अर्को ६ महिनाको बिदा पनि बाँड्न सकिन्छ।

यद्यपि चारमध्ये एकजना बुवाले मात्रै आफूलाई दिइएको यो सुविधा उपभोग गर्छन्। अहिलेको योजनाले बुवाले लिने बिदाको मात्रै कुरा गरेको छ।

प्रत्येक आमाबुवाले साढे ६ महिना बिदा पाउँछन् जसअन्तर्गत १ सय ६४ दिन पर्छ। र, गर्भवती महिलाले मासिक रूपमा थप भत्ता पाउँछिन्। आमाबुवाले आफ्नो कोटाको ६९ दिन एकअर्कालाई दिन पाउँछन्। एकल अभिभावकले दुवै भत्ता प्रयोग गर्न पाउँछन्।

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले गत महिना लैङ्गिक समानताका लागि आफ्नो देशले अझ धेरै गर्न बाँकी रहेको बताएकी थिइन्। उनले बच्चाहरू साना हुँदा उनीहरूका बुवाले उनीहरूसँग निकै कम समय बिताउने गरेको गुनासो गरेकी थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com