विश्वका धनी बिल गेट्स दम्पत्तिबाट कोरोना भाइरसबिरुद्ध लड्न १० करोड अमेरिकी डलर सहयोग


प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार

घातक कोरोना भाइरसको संक्रमण विश्वब्यापी फैलिदै गएपछि राहतका लागि विश्वकै धनी बिल गेट्सले १० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् । यो रकम भाइरसबिरुद्धको भ्याक्सिन पत्ता लगाउन, भाइरसको फैलावट रोक्न, बिरामीको पहिचान र उपचार प्रभावकारी बनाउन प्रयोग गरिने भएको छ । बिल मेलिन्दा फाउण्डेशनको तर्फबाट उक्त सहयोग प्रदान गरिने भएको हो ।

यसैबीच चीनमा घातक कोरोना भाइरस संक्रमणको खुलासा गर्ने युहानका डाक्टरको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । उनले गत डिसेम्बरमा सार्सजस्तै खतरनाक रोग आउन लागेको भन्दै सर्वसाधारणहरुलाई चेतावनी दिएका थिए ।

ली वेनलियांग नाममा ती डाक्टरलाई सामाजिक भड्वाउमा लागेको र अफवाह फैलाएको आरोपमा प्रहरीले बोलाएर एउटा काजगमा हस्ताक्षर गराएको थियो । कोरोनाभाइरस संक्रमित बिरामीबाट उनमा भाइरसको संक्रमण भएपछि उनी जनवरी १२ मा अस्पताल भर्ना भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फरबरी १ मा उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको थियो । अहिले उनको मृत्यु भइसकेको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसबाट अहिलेसम्म झण्डै ३० हजार सक्रमित भइसकेका छन् भने मृतकको संख्या ५६५ नाघेको छ । भर्खरै जन्मेको ३० घण्टाको बच्चामा समेत कोरोना भाइरस संक्रमण हुँदा मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भइसकेको छ । बेलायत र जर्मनीमा पनि संक्रमणका थप बिरामीहरु भेटिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com