कोरोना भाइरसको बारेमा सुरुमा खुलासा गर्ने चिकित्सकको मृत्यु


प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार

 

चीनमा घातक कोरोना भाइरस संक्रमणको खुलासा गर्ने युहानका डाक्टरको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । उनले गत डिसेम्बरमा सार्सजस्तै खतरनाक रोग आउन लागेको भन्दै सर्वसाधारणहरुलाई चेतावनी दिएका थिए ।

ली वेनलियांग नाममा ती डाक्टरलाई सामाजिक भड्वाउमा लागेको र अफवाह फैलाएको आरोपमा प्रहरीले बोलाएर एउटा कागजमा हस्ताक्षर गराएको थियो । कोरोनाभाइरस संक्रमित बिरामीबाट उनमा भाइरसको संक्रमण भएपछि उनी जनवरी १२ मा अस्पताल भर्ना भएका थिए ।

फरबरी १ मा उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको थियो । अहिले उनको मृत्यु भइसकेको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसबाट अहिलेसम्म झण्डै ३० हजार सक्रमित भइसकेका छन् भने मृतकको संख्या ५६५ नाघेको छ । भर्खरै जन्मेको ३० घण्टाको बच्चामा समेत कोरोना भाइरस संक्रमण हुँदा मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भइसकेको छ । बेलायत र जर्मनीमा पनि संक्रमणका थप बिरामीहरु भेटिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com