महाअभियोग प्रस्तावबारे सिनेटमा मतदान, ट्रम्प दोषमुक्त
प्रकाशित मिति : माघ २२, २०७६ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा संसदमा मतदान भएपछि ट्रम्प दोषमुक्त भएका छन् । महाअभियोगबारेका दुबै प्रस्तावहरु सिनेटमा असफल भएका छन् ।
सुरुमा शक्तिको दुरुपयोग सम्बन्धि प्रस्तावमा मतदान भएको थियो । अधिकांश सिनेटरहरुले प्रस्तावको विपक्षमा मतदान गरेपछि शक्तिको दुरुपयोग सम्बन्धि अभियोगमा ट्रम्प दोषमुक्त भएका छन् ।
१ सय जना सिनेटरहरुमध्ये ५२ जनाले प्रस्तावको विपक्षमा मतदान गरेका छन् भने ४८ जनाले प्रस्तावको पक्षमा मतदान गरेका छन् । ५३ जना रिपब्लिकनहरु रहेको सिनेटमा रिपब्लिकन सिनेटर मिट रोम्नीले प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
राष्ट्रपतिलाई ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउनका लागि प्रस्तावका पक्षमा कम्तीमा ६७ सिनेटरहरुले मतदान गर्न जरुरी थियो । तर प्रस्तावका पक्षमा जम्मा ४८ मत खसेको थियो । यद्यपी यो प्रस्ताव संसदको तल्लो सदनबाट पनि पारित भएको थियो ।
संसदमा अवरोध श्रृजना गरेको प्रस्तावका पक्षमा पनि ४७ मत खसेका छन् भने विपक्षमा ५३ मत खसेका छन् । सबै रिपब्लिकन सिनेटरहरुले विपक्षमा मतदान गरेका हुन् ।
आजको मतदानसँगै ट्रम्पबिरुद्धको महाअभियोगको श्रृंखला पनि समाप्त भएको छ ।