१५ करोड तलब खाने बैंकर पारस शाह स्याण्डवीच चोरेको आरोपमा निलम्बित


प्रकाशित मिति : माघ २२, २०७६ बुधबार

झण्डै १५ करोड नेपाली रुपैया अर्थात् १ मिलियन पाउण्ड तलब खाने एकजना बैंकर स्याण्डवीच चोरेको आरोपमा निलम्बनमा परेका छन् । इन्भेस्टमेन्ट बैंक सिटी गु्रपले क्यान्टिनबाट खानेकुरा चोरेको आरोपमा उनलाई निलम्बन गरेको हो ।

बैंकर पारस शाहले बर्षमा १ मिलियन पाउण्डका साथमा बोनस समेत पाउने गरेका थिए । शाह भारतीय मुलका बैंकर हुन् । उनलाई सिटीगु्रपको मध्यपूर्व, युरोप र अफ्रिका हेर्ने एउटा विभागको प्रमुखबाट हटाइएको छ ।

उनले बैंकको लण्डन मुख्यालयमा रहेको क्यान्टिनबाट स्याण्डवीच झिकेर खाएको जनाइएको छ । ३१ बर्षीय शाहले कतिपय यस्तो प्रकारको व्यवहार गरे भन्नेबारे केही खुलाइएको छैन ।

सिटीगु्रपले सानोतिनो चोरी र ठगीमा कर्मचारीहरुलाई निकालेको यो नै पहिलोपटक भने होइन । सन् २०१४ मा एकजना उच्च पदस्थ कर्मचारीले लण्डनमा ट्रेनमा चढ्दा लगातार टिकट नकिनी चढेको पाइएपछि उनलाई पनि कामबाट निकालिएको थियो ।

पारस शाहले एचएसबीसी बैंकमा ७ बर्ष काम गरेपछि सन् २०१७ मा सिटीग्रुपमा काम थालेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com