स्टेट अफ द युनियन : ट्रम्पले मिलाएनन् हात, पेलोसीले च्यातिन् ट्रम्पको भाषणको प्रति


प्रकाशित मिति : माघ २२, २०७६ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको संयुक्त सभाबाट राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा ट्रम्प र हाउस स्पीकर न्यान्सी पेलोसीबीच बोलचाल हुने अपेक्षा गरिएको थियो । तर सम्बोधन गर्नुअगाडि हाउस स्पीकर न्यान्सी पेलोसीले हात मिलाउन दिएकोमा अस्वीकार गरेका छन् ।

भाषणको कागजी प्रति पेलोसीलाई दिएपछि पेलोसीले मिलाउनका लागि हात आगाडि सारेकी थिइन् । तर ट्रम्पले हात मिलाउन अस्वीकार गरेर सम्बोधन गर्नपट्टी लागेका थिए । यो अमेरिकी राष्ट्रपतिको बार्षिक सम्बोधन हो, जसलाई स्टेट अफ द युनियनका रुपमा चिनिन्छ ।

सम्बोधन सकिएसकेपछि पेलोसीले ट्रम्पको भाषणको कागजी प्रति क्यामेराकै अगाडि च्यातिदिइन् । उनले ट्रम्पको भाषण झुठको घोषणापत्र भएकाले च्यातेको बताइन् । ट्रम्पले पेलोसीसँग हात मिलाउन अस्वीकार गरेपछि पेलोसीले ट्रम्पको भाषणको प्रति च्यातेको विश्लेषण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले स्टेट अफ युनियन सम्बोधनका क्रममा के भने भन्ने विषयले भन्दा संचारमाध्यममा हात नमिलाएको र भाषणको प्रति च्यातेको विषयले चर्चा पाइरहेको छ । हात मिलाएको प्रसंगबारे पेलोसीले ट्वीट गर्दै डेमोक्र्याट्सहरुले मित्रताको हात बढाउन नछाड्ने बताएकी छिन् ।

राष्ट्रपति ट्रम्पको यो तेश्रो स्टेट अफ द युनियन सम्बोधन थियो, जसलाई संचारमाध्यमहरुबाट ठूलो कभरेज पाएको आगामी चुनाव अगाडिको ट्रम्पको मुख्य प्लेटफर्मका रुपमा व्याख्या गरिएको छ । यदि आगामी निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित नभएको खण्डमा यो ट्रम्पको अन्तिम स्टेट अफ द युनियन सम्बोधन हुनेछ ।

सन् १९९९ मा बिल क्लिन्टनकै जस्तो सिनेटमा महाअभियोग परीक्षा चलिरहँदा ट्रम्पको स्टेट अफ युनियन सम्बोधन भएको हो । झण्डै एक दर्जन हाउस डेमोक्रेटिक सांसदहरुले सम्बोधन बहिस्कार गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com