कोरोना भाइरस संक्रमित यात्रु चढाउने उबर चालकसहित २४० यात्रुको एकाउन्ट सस्पेण्ड


प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार

उबरले २४० यात्रुसहित कोरोना भाइरस संक्रमित यात्रुलाई चढाउने दुईजना उबर चालकको एकाउन्ट सस्पेण्ड गरेको छ । अमेरिकाबाट मेक्सिको घुम्न गएका एकजना चिनिया मुलका व्यक्तिलाई गाडीमा चढाएका २ जना उबर चालकको एकाउन्ट सस्पेण्ड गरिएको उबरले जनाएको छ ।

गत जनवरी २० मा अमेरिकाको लस एन्जलसबाट मेक्सिको सिटी गएका ती यात्रु त्यहाँ विभिन्न स्थानमा घुमेका थिए । घुम्ने क्रममा ती व्यक्तिले दुईवटा उबर चढेको र अमेरिका फर्केर परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो ।

ती व्यक्ति चढेको गाडीमा चढेका अरु २४० जना यात्रुको पनि उबर एकाउन्ट सस्पेण्ड गरिएको छ । उनीहरुले अरु उबरमा चढेर कोरोना भाइरस नफैलाउन् भन्ने उद्देश्यले एकाउन्ट सस्पेण्ड गरिएको उबरले जनाएको छ ।

यद्यपी मेक्सिकोबाट अमेरिका फर्केका एकजनामाबाहेक अरुमा भने कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएको छैन । प्रभावित यात्रुहरुले भने कम्तीमा २ हप्तासम्म उबर एकाउन्ट प्रयोग गर्न नपाउने भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लस एन्जलसबाट २० जनवरीमा मेक्सिको गएका चिनिया मुलका ती नागरिक जनवरी २१ मा बिरामी भएका थिए । त्यसपछि उनी भोलिपल्ट उबर चढेर विमानस्थलमा आएका थिए ।

ती संक्रमित बिरामी मेक्सिको सिटीमा रहेको हिल्टन होटलमा बसेका थिए । मेक्सिकोका अधिकारीहरु उक्त होटलमा समेत पुगेर होटलका कर्मचारीमा संक्रमण भए नभएको जाँच गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com