भोलिदेखि युरोपियन युनियनमा रहनेछैन बेलायत


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

बेलायतको स्थानीय समय अनुशार शुक्रबार राती ११ बजेपछि बेलायत युरोपियन युनियनमा रहनेछैन । अब युरोपियन युनियनका सदस्य राष्ट्रहरुको संख्या जम्मा २७ हुने भएको छ ।

अहिलेसम्म युरोपियन युनियन बेलायतसहितका २८ राष्ट्रको राजनीतिक र आर्थिक मञ्च हो । यीदेशहरुबीच कुनै अतिरिक्त शुल्कविना नै मालसामानको ओसारपसार गर्न सकिन्छ । त्यस्तै युरोपियन युनियनभित्रका देशका नागरिकले कामका लागि कुनै पनि देश छनौट गर्न सक्छन् ।

बेलायत सन् १९७३ मा युरोपियन युनियनमा समावेश भएको छ भने युरोपियन युनियनबाट हट्ने पहिलो राष्ट्र हुने भएको छ । बेलायत युरोपियन युनियबाट जनवरी ३१ मा हटिसकेपछि पनि थप सहमतिका लागि वार्ताहरु हुनेछन् । बेलायत युरोपियन युनियनबाट हटेपछि दुबै पक्षले भविश्यको सम्बन्धबारे मार्गदर्शन बनाउनेछन् ।

बेलायत युरोपियन युनियनबाट बाहिरिएको भोलिपल्टदेखि नै संक्रमणकालको सुरुवात हुनेछ, जुन सन् २०२० को डिसेम्बर ३१ सम्म रहनेछ । यो ११ महिनाको अवधिभर बेलायत र युरोपियन युनियनबीच ब्यापारिक सम्बन्ध उस्तै रहनेछ भने बेलायतले युरोपियन युनियनका सबै नियमहरु पालना गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युरोपियन युनियनको संसदले पनि बेलायत युरोपियन युनियनबाट बाहिरिनेसम्बन्धी सम्झौता अनुमोदन गरेको छ। ब्रसेल्सस्थित इयु संसदमा बुधबार भएको मतदानमा ६२१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका हुन्।

ब्रिटिस संसदको तल्लो सदन हाउस अफ कमन्सले पनि ब्रेक्जिट सम्झौता पारित गरिसकेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com