कोरोना भाइरसबाट १७० को मृत्युपछि विश्व स्वास्थ्य संकटकाल घोषणा


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

कोरोना भाइरसबाट १७० को मृत्युपछि विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य संकटकाल घोषणा गरेको छ । गतसातामात्र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण संकटकाल नै घोषणा गर्ने अवस्थामा नरहेको बताएको थियो ।

तर व्यक्तिबाट व्यक्तिमा भाइरस संक्रमणको पुष्टी भएपछि र चीनबाहिर पनि संक्रमण बढ्दै गएपछि संकटकालको घोषणा गरिएको हो । चीनमा जे भइरहेको छ त्यसकारणमात्र नभई अरु देशहरुमा भइरहेको संक्रमणका कारण संकटकालको घोषणा गर्नुपरेको विश्व स्वास्थ्य संगठनका महानिर्देशकले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य संकटकाललाई असामान्य अवस्थाका रुपमा लिने गरेको छ । रोगको अन्तर्राष्ट्रियरुपमा नै संक्रमण फैलिदै गएको अवस्थामामात्र यस्तो संकटकालको घोषणा गरिने प्रावधान रहेको छ । यसअगाडि इबोला, जिका र एचवान एनवान भाइरस संक्रमणका बेला पनि यस्तो संकटकाल घोषणा गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना भाइरसको संक्रमणबाट चीनमामात्र १ सय ७० भन्दा धेरैको मृत्यु भएको छ भने ८१ सय भन्दा धेरैमा संक्रमण पुष्टी भएको छ । विश्वभर ८ हजार २ सय ५४ मा कोरोनाको संक्रमण देखिएको छ जुन सार्सको भन्दा पनि धेरै हो । सार्सको संक्रमण जम्मा ८ हजार ९८ जनामा पुष्टी भएको थियो । तर सार्सबाट भने ७७४ जनाको ज्यान गएको थियो ।

कोरोनाको संक्रमण भारत र फिलिपिन्समा पनि देखिइसकेको छ । अहिलेसम्म २० भन्दा धेरै देशमा यसको संक्रमण पुष्टी भएको छ ।

कोरोनाको संक्रणपछि अमेरिका, बेलायत जापान लगायत अन्यदेशले इपिसेन्टर युहानबाट आफ्ना देशका नागरिकहरुलाई बाहिर निकालिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com